बाआमा म र छोरो ! (कविता)

शेयेर गर्नुहोस


पुष्पराज जोशी ‘पुकार’ (मट्कौना, कैलाली)

——-

म सानो छँदा
सहर छिर्ने बेलामा
रातो रंगमा चामलसँगै दही मुछी
मेरी आमाले निधारमा लगाउँदै गर्दा
बाआमाका आँखा रसाएका थिए,
आमाले भावुक बन्दै
साडीको सप्कोले आँशु पुछेकी थिइन्
बाका आँखाका चेपमा आँशुको छर्को देखिएको थियो
हो, त्यसरी नै
आज मेरा पनि आँखाका चेपमा आँशु रसाएको छ
त्यो बेला बाआमा किन रुँदाहुन् सम्झने म
बीसौँ वर्षपछि बल्ल बुझ्दैछु आज
‘बाआमाको मन छोराछोरीमाथि
छोराछोरीको मन ढुंगामुढामाथि’
त्यो उखान अहिले सम्झँदैछु म
अचेल म दिन विराएर त्यो गाउँमा पुग्छु
जहाँ मेरो नावालक छोरा म आउने प्रतीक्षामा हुन्छ
त्यसरी नै म नावालक हुँदा
मेरा बा आमा म आउने प्रतीक्षामा बाटो कुरेर बसेका हुन्थे
हिजो गाउँको बाटोमा सुकिलो लुगा लगाएको मान्छे देख्दा
मेरा बाआमा छोरै हो कि सोचेर आँखा लोलाउँदै हेर्थे
तर, आज उही रीति फिरेछ
गाउँको ग्राभेल सडकमा भटभटेको आवाज आउँदा
मेरो छोरा बाबा आउनुभयो भन्दै दगुर्दै
घरको काठे कल्भर्टसम्म पुग्छ
भटभटे कैलाशपुरतिर हुइँकिन्छ
छोरो काठे कल्भर्टबाट निराश हुँदै फर्कन्छ
यो रीति दिनदिनै चल्छ
छोरो दिनदिनै निराश बन्छ
जुन दिन म घर फिर्थे
मेरा बाआमा राति अबेरसम्म बस्थे
कुराकानीमै समय विताउँथे
हो, आज उसैगरि
म गाउँ फर्कदा
छोरो मेरो मोबाइल खेलाउँदै
राति अबेलासम्म ब्युँझै रहन्छ
भन्छ–भोलि सहर नजानू है बाबा
म टाउको हल्लाउँदै उसको कुरामा सहमति जाउँछु
ऊ खुसी हुन्छ
बिहानै ऊ गाउँकै स्कुल जान्छ
ऊ फर्कनुभन्दा अगावै म गाउँ छाड्छु
स्कुलबाट फर्कदा ऊ मेरा चप्पल खोज्छ
कोठा, भान्सा, धारा चहार्दै शौचालय पुग्छ
भेट्दैन र ऊ
बाबाले फेरि ‘उल्लू’ बनाएछन् भन्दै निराश हुन्छ
म गाउँ छाड्दै गर्दा
स्कुल गएको छोरो फर्कदा जसरी बाबालाई खोज्छ
हो, हिजो उसैगरी
सहर छिरेको छोरोलाई खोज्दै
बाआमा कति दिन अनिदा बसे होलान् !
अहिले म बाआमा र छोरोलाई सम्झँदैछु ।

ताजा खबर

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

Spinboss Bonus nicht gutgeschrieben: Checkliste zur Fehlerbehebung

सम्बन्धितखवर

छुटाउनु भयो कि !

орфография В чем разница между «при том что» и «притом что»? Русский язык

Большинство этих союзов образовано на базе непервообразных предлогов, в своем лексическом значении заключающих уступительный элемент. Притом, союз (`он работает и притом учится), но местоим. Правильно

अझै पढ्नुहोस्
समाचार

धनगढी उपमहानगरले अनुगमन प्रति कैलाली उधोग बाणिज्य सधको ध्यानाकर्षण, कार्यशैली नसच्याए कडा कदम उठाउने चेतावनी

धनगढी । धनगढी उपमहानगरपालिकाले उद्योगी,व्यवसायी माथि गरेको छापामार शैलीको अनुगमन प्रति कैलाली उद्योग बाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । आज बुधबार संघले एक प्रेस

अझै पढ्नुहोस्