बन्दले टीकापुर लगायत सुदूरपश्चिमको जनजीवन प्रभावित

शेयेर गर्नुहोस

टीकापुर/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव टीकापुर लगायतका सुदूरपश्चिम प्रदेशका प्रमुख शहरहरुमा परेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्य शहरका बजार व्यवसाय लगायत महेन्द्र राजमार्ग, अतरिया डडेल्धुरा राजमार्ग बन्दका कारण सवारि साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ ।

टीकापुर सहित प्रदेशका सबै जिल्लाका मुख्य बजारहरुमा बिहानै देखि सवारी साधन नचलेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयाे ।

बजार, कलकारखाना, बैंक तथा वित्तीय संस्था तथा शैक्षिक संस्था पनि बन्द रहे भने माेटरसाइकल फाट्टफुट्ट चलिरहेका थिए । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु मर्कामा परेका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज मंगलबार नेपाल बन्द आह्वान गरेको हो।

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

एलिपिएलले नेपालका खेलाडी उत्पादन गरेको छ ः अध्यक्ष चन्द

धनगढी । लिटल फ्लावर प्रियिर लिगले नेपाली खेलाडीहरु उत्पादन गरिरेहको नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन । चन्दले लिटल फ्लावर प्रियिर

अझै पढ्नुहोस्