बगर नै बन्यो हराभरा सामुदायिक वन

शेयेर गर्नुहोस

जमुना न्युरे,टीकापुर/टीकापुर नगरपालिका -२,राजिपुरमा रहेको जनशक्ति सामुदायिक उपभोक्ता समूह कर्णाली नदीको भङ्गगालोले बगर बनायो । बर्सेनि नदी कटानले बगर झन्झन् बढ्दै गयो । कर्णाली नदी बस्ती छेउमै पुगिसकेको थियो । १४ वर्ष अघिसम्म यो क्षेत्रमा बालुवा मात्रै थियो । जब स्थानीयले चरीचरन निषेध गरे त्यसपछि बगर क्षेत्र विस्तारै हराभरा हुन थाल्यो । स्थानीयले बगरमा तारबार लगाए । त्यसपछि केही बिरुवा पनि रोपे । टिक, बकाइनो , सिमल , लगायत बिरुवा बृक्षारोपण गरियो भने खयर, सिसौं, लगायतका बिरुवा आफैं उम्रिए । अहिले जनशक्ति सामुदायिक बन नदीको बगरबाट घना वन भएको छ ।


कर्णाली चिसापानीको कोरिडोर क्षेत्रमा पर्ने उक्त बगरमा स्थानीयले १४ वर्ष अघिदेखि अहिलेसम्म पनि बृक्षारोपण कार्यलाई निरन्तरता दिई राखेको सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवाले जानकारी दिए।बिरुवा रोपेर संरक्षणको सुरुवात गरियको थियो भने आजभोलि चरिचरन रोकिएपछि रोपे भन्दा बढी विरुवा आफैं उम्रिए । अहिले घना वन भएर एक्लै जान पनि डर लाग्दो छ ।


बर्दिया राष्ट्रिय निकुञ्ज सङ्ग जोडिएको कर्णाली नदी छ, त्यही करिडोर भएर अहिले बन्यजन्तुहरुले ओहोरदोहोर गरिरहन्छन् ।
टिकापुर नगरपालिका-२, मा पर्ने उक्त क्षेत्रमा वडा कार्यालय , सब डिभिजन कार्यलय टिकापुर , तराई भु – परिधी कार्यक्रमले बगर संरक्षणसंँगै वृक्षरोपणमा सहयोग गरेको हो । कर्णाली चिसापानी जैबिक मार्ग हुदै वन्यजन्तुहरु बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै भारतको कर्तनिया हुँदै दुधुवा नेशनल पार्क हुँदै बसन्ता जैबिक मार्ग हुँदै पुन कर्णाली चिसापानी जैबिकमार्ग वन्यजन्तुहरु ओहोरदोहोर गरि रहने संरक्षणकर्मी बिजयराज श्रेष्ठले बताए ।


जनशक्ति सामुदायिक वनको ठूलो कर्णाली नदीको कटानका कारण बगर बनेको बताउँदै श्रेष्ठले भने,”अहिले उक्त बगर फेरि हराभरा वन बनेको छ ।”श्रेष्ठका अनुसार जनशक्ति सामुदायिक वनको स्थानीयले उक्त क्षेत्रमा चरिचरण निषेध गरेपछि बिरुवा पुनर्उत्पादन हुन थालेको उनले बताए । बिरुवा उम्रिएसँगै नदीको कटान पनि रोकिएको छ । सामुदायिक वनले बगर संरक्षण मात्रै गरेर उक्त क्षेत्रमा वन्यजन्तुका लागि १४०.५० हेक्टर जमिनमा अहिले हराभरा बन बनेको छ ।


अहिले उपभोक्ताहरुले आवश्यकता अनुसार काठ , दाउरा , घाँस लिन पाइरहेको स्थानीय उपभोक्ता मनिका चौधरीले बताए । सामुदायिक वनमा अहिले घाँसे मैदान सङै पिनिक स्पोर्ट्स , जनावर अवलोकनका टावर , रमाइलोका पिङ , स्विम पुल जस्ता पुर्वाधार निर्माण गरिएको छ ।


अहिले सामुदायिक बनमा बाघ , हात्ती ,चितल , निलगाइ सङै विभिन्न प्रजातिका चराहरु नजिकबाट अवलोकन गर्न पाइने हुदा आन्तरिक तथ बाह्य पर्यटन आउने गरेका स्थानीय उपभोक्त मीना चौधरीले बताए । यहाँ बाघले बिचरण गर्न र बच्चा हुर्काउनका लागि उपयुक्त वातावरण हुने भयकाले बाघ बर्सेनि आउने र महिनौ सम्म बस्ने गरेको तिरुवाले बताए ।


सामुदायिक बनले वार्षिक आम्दानी करिव १५ देखि २० लाख सम्म गर्ने गरेको जस्को समुहले अहिले, तीन वटा वन हेरालु राखी सामुदायिक रेखदेख गरेको छ , सामुदायिक बन बिकास कार्यक्रम , आर्यआर्जन , गरिबी निवारण , चोरीसिकारी नियन्त्रण जस्ता कार्यक्रम गरि रहेको छ ।

सामुदायिक बनले पछिल्लो समयमा सस्थाको थप बिकासका डिभिजन बन कार्यलय पहलमानपुर , स्थानीय तह , प्रदेश सरकार र सघिय सरकार सङ्ग पनि आर्थिक तथा प्राबिधिक सहयोग मा यो सबै कार्य गरियको र आगामी दिनमा पनि सहयोग गर्ने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।
यसरी कर्णाली चिसापानीमा निरन्तर रुपमा जङ्गल जनावरलाई जोगाइ राख्न सामुदायिक बनका सम्पूर्ण उपभोक्ता हरु अहिले निकै सक्रिय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Práctica guía para entender completamente ivybet app y sus ventajas exclusivas

Strategic crossings from start to finish through chickenroad offer surprising rewards and tricky traffic

Gedetailleerde informatie en betory casino voor de moderne speler

Fantastische kansen ontdek je met spin maya casino en zijn unieke bonussen

Fantastische kansen en spindog casino belevenis voor iedere speler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल पूर्व प्रहरी संगठनले बुझाए कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र

धनगढी, २४ फागुन /नेपाल पूर्व प्रहरी संगठनले कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । पूर्व प्रहरीहरुको ६० प्रतिशत भन्दा बढी कोषमा योगदान हुँदा हुँदै

अझै पढ्नुहोस्