प्रदेशमै पहिलो पटक निमार्ण गरियो नक्षत्र बाटिका

शेयेर गर्नुहोस


जमुना न्युरे,चौमाला /कैलालीको गौरीगंगा नगरपालिका–१,चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा प्रदेश मै प्रहिलो पटक नक्षत्र बाटिका निर्माण कार्य सम्पन्न भएको छ ।

मन्दिर उपभोक्ता समिति मार्फत निर्माण गरिएको सो नक्षत्र बाटिका प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई अन्तर्गत २७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
मन्दिर परिसरमा निर्माण गरिएको बाटिकामा राशि अनुसारका ४० जातका विरुवा रोपिनुका साथै लाईट जडान र रंगरोगन कार्य सम्पन्न गरिएको निर्माण समिति सदस्य प्रकाश गुरुङले बताए ।


पूर्वीय दर्शन अनुसार, ग्रह, नक्षत्रको सन्तुलन विरुवा द्वारा हुने हुँदा १२ राशि,९ ग्रह र २७ नक्षत्रहरु लाई आधार मानेर बाटिकामा अमला, जामुन, शमी , पिपल, वर, बेल, निम, खयर, कुश, दुबो, गुल्लर, कटहर गरि ४० प्रजातिका विरुवा रोपिएको मोहन्याल मन्दिरका पुजारी तोयानाथ जोशीले बताए ।

नक्षत्र बाटिका निर्माणको मुख्य उदेश्य , २७ नक्षत्र अनुसार २७ वनस्पतिहरु , ज्योतिषीय महत्व , आयुर्वेदिक उपयोग , पर्यावरणीय लाभ , धार्मिक र सास्कृतिक पक्ष, शैक्षिक महत्त्व , स्थापत्य र वास्तुमा धर्म , जैविक बिबिधता सरक्षण गर्ने उदेश्यले निर्माण गरिएको सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइका प्रमुख डबल बहादुर बोहोराले बताए ।


नक्षत्र र राशी सङ्ग सम्बधित करिब ४० प्रजातिका बहुगुणि बिरुवाहरु एकै ठाँउमा रोपियका छन् , यस्ले स्थानीयलाई सरक्षणमा सहभागिता गराउदै अध्ययन अनुसन्धान उपयुुक्त स्थलको रुपमा नक्षत्र बाटिका रहने जोड दिए ।
बाटिका निर्माणले गर्दा आन्तरिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

The Ultimate Guide to Online Casino 10 Euro Ideal

Jogar Roleta Online: Um Guia Completo para Maximizar suas Chances de Ganhar

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

The Best Live Dealer Roulette Online USA: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !