फाप्लामा कैलाली प्रीमियर लिग शुरु,उद्घाटन खेलमा शुक्लाफाँटा विजयी

शेयेर गर्नुहोस

धनगढी / जिल्ला कृकेट संघ कैलालीको आयोजनामा आजबाट धनगढीको फाप्ला मैदानमा अन्तर पालिका कैलाली प्रीमियर लिग T20 प्रतियोगिता शुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले प्रतियोगिताको उद्घाटन गरेका हुन । उनले नेपाली कृकेटको आफू असाध्यै ठूलो प्रशंसक भएकोले सरकारमा हुँदा वा नहुँदा आफुले खेल पुर्वाधार र खेलाडीहरुका लागि काम गर्ने बताए ।

फाप्ला मैदान निर्माणमा ढिलाई भैरहेको बारे मन्त्री देउवाले कृकेट बुझेको व्यक्ति फाप्ला खेलग्राम विकास समितिको अध्यक्ष रहेको भन्दै यसले छिट्टै गति लिने बताए । उनले डिपिआरको काम तीब्र गतिमा अघि बढिरहेको भन्दै नेपालमा हुन लागेको लगानी सम्मेलनमा फाप्ला बारे अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आग्रह लगानीका लागि आग्रह गरिने बताए ।


कार्यक्रममा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य रक्षा महरा,धनगढी उपमहानगरपालिका वडा न ३ का अध्यक्ष राज बहादुर ऐर,लिटल फ्लावर प्रीमियर लिग( एल पि एल ) अध्यक्ष रामचन्द्र शाही,गुरुकुल एकेडेमीका संस्थापक दिपक सुरि,कृकेटसँग सम्बन्धित विभिन्न संस्थाका पदाधिकारीको उपस्थिति थियो। जिल्ला कृकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्टको अध्यक्षमा सम्पन्न उद्घाटन सत्रमा स्वागत मन्तव्य जिल्ला सदस्य पदम बिक्रम सिंहले गरेका थिए भने कार्यक्रमको संचालक डिल्लीराज ओझा समर्पणले गरेका हुन ।

उद्घाटन खेलमा शुक्फाफाँटा विजयी

कैलाली प्रीमियर लिगमा शुक्लाफाँटाले विजयी शुरुवात गरेको छ । जिल्ला कृकेट संघ कैलालीको आयोजनामा आजबाट फाप्ला खेल मैदानमा शुरु भएको कैलाली प्रीमियर लिगमा शुक्लाफाँटा नगरपालिकाले पर्शुराम नगरपालिकालाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूवात गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको सुक्लाफाँटाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रन बनायो । शुक्लाफाँटाका लागि रोशन साउँद र लोकेश जोशिले आक्रामक अर्धशतकिय पारी खेले । रोशन साउँदले ५४ बलमा १० चौका र १ छक्काको मद्दतले ७७ रनको अविजित पारी खेले भने लोकेश जोशी ५० बलमा ९ चौकाको मद्दले ६९ रन बनाएर रन आउट भए । विशाल ऐरले १५ र निराजन गौतमले १६ रनको अविजित पारी खेले । पर्शुराम नगरपालिकाका लागि मान साउँदले १ विकेट लिनु बाहेक अन्यले विकेट लिन सकेनन ।


१८२ रनको विशाल लक्ष्य सहित ब्याटिङका लागि मैदानमा उत्रीएको पर्शुराम नगरपालिकाको टिमले १९.५ ओभरमा अलआउट हुँदै १४६ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि ५२ रनको आक्रामक अर्धशतकिय पारी खेलेपनी जितका लागि पर्याप्त भएन । साउँदले २५ बलमा १ चौका र ५ छक्काको मद्दतले ५२ रन बनाए । अर्जुन बिक, राज बिक र किरन धामीले क्रमशः ११,३०,२४ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।


शुक्लाफाँटाका लागि कैलाश ऐरले ३,भरत चन्द र प्रबिन खनालले २/२ तथा सुशील रावलले १ विकेट लिए । खेलमा उत्कृष्ट अर्धशतक प्रहार गरेका शुक्लाफाँटाका रोशन साउँंद म्यान अफ दि म्याच चुनिए ।
चैत्र १७ गतेसम्म चल्ने प्रतियोगितामा सुदूरपश्चिम भरीका ११ पालिका सहभागी छन् । प्रतियोगिताको विजेता टिमले नगद २ लाख ट्रफी,प्रमाणपत्र ,उपविजेता टिमले नगद १ लाख ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुले पनि आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Flash Kasinot – Spela och vinn på nätet utan omsvep!

Gratis Spelen in Het Grande Vegas Casino

Jogo de Aposta Responsável no FamBet Casino

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्
फोटो फिचर

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालकाे बिदाइ

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहन प्रसाद आर्याल ज्युकाे एक कार्यक्रमका विच बिदाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्याल जिकाे पाेखरा मुख्य मन्त्री तथा

अझै पढ्नुहोस्