परशुराम साहित्य महोत्सव २०८१’ सुरु

शेयेर गर्नुहोस

धनगढी/डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ सुरु भएको छ । धाममा दुई दिने साहित्य महोत्सव सुरु भएको हो ।

साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको संरक्षणका साथै हिन्दूहरूको पवित्र धार्मिकस्थल परशुरामधामको प्रचारप्रसारका लागि साहित्य महोत्सव आयोजना गरिएको आयोजक परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए ।

स्कन्द पुराण र लोकोक्तिका आधारमा परशुराम नगरपालिकासँग गौरवपूर्ण इतिहास छ,´ उनले भने,सीमापारि रहेको भारतको पूर्णागिरि धार्मिक पर्यटनका हिसाबले निकै प्रचारमा छ । त्यहाँ बर्सेनि ५० लाखभन्दा बढी धार्मिक पर्यटकले भ्रमण गर्ने गरेको सुन्नमा आउँछ । तर त्योभन्दा बढी धार्मिक महत्वको परशुरामधाम प्रचार प्रसारको अभावमा ओझेलमा छ । सोही कारण नगरपालिका भौतिक विकासका साथै यहाँको सांस्कृतिक मूल्य, सामाजिक सद्भाव र ऐतिहासिक धरोहरहरूको संरक्षण गर्न साहित्य महोत्सव सुरु गरेका हौं ।´

महोत्सवको माध्यमबाट यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास हुने उनको अपेक्षा छ ।महोत्सव अवधिमा वारिको परशुरामधाम र पारिको पूर्णागिरि, उद्यम र उद्यमशीलता, सुदूरमा शिक्षा र स्वास्थ्यका सकस, काव्यमा अन्तरपुस्ता संवाद, गाउँमै सिंहदरबारः कति नारा कति यथार्थ, आख्यानको वरिपरि र पहाडी रानी डडेल्धुराः सम्भावनाको खानी परशुराम लगायतका सत्रमा विमर्श भइरहेको छ ।

ती सत्रमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका कवि, साहित्यकार, सञ्चारकर्मी र संस्कृतिका विशिष्ट अध्येताहरूसहित भारतबाट धार्मिक व्यक्तिहरू विमर्शमा सहभागी छन् ।

यस्तै महोत्सवको उद्घाटन कार्यक्रममा गुगुल्टीका सम्पादक वीरबहादुर चन्द विश्राम कञ्चनपुर, परशुराम पौराणिक आख्यानका लेखक किरण आचार्य नेपालगन्ज, जनक रसिक दोरीका लेखक कैलाली, कसन कविता सङ्ग्रहका लेखक गणेशबहादुर नेपाली कैलाली, गजलकार निर्माला बोगटी विष्ट डडेलधुरा, पत्रकार डी आर पन्तलाई सम्मानित गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव हरि लम्साल, नेपाली काङ्ग्रेस डडेल्धुराको सभापति तथा परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउद, माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुन विशिष्ट अतिथि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

TopBet Roulette Italia di Gioco dAzzardo Rischi e Soldi

Stoisko w Partii Hazardu

Slamz – Einsetzen für Glück und Erfolg bei Slotmaschinen.

Ο Κύριος Πόθος του Ρίτσιβιλ

Slot Heart Crypto-deponeringsadressens utgångsdatum

Ybets – Glücksspiel für jeden Tag

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दिवाङत आत्माको शान्तिको लागि महादिप प्रज्वलन

धनगढी/कालगति तथा अकालगतिमा ज्यान गुमाएका धनगढीबासीको दिवंगत आत्माको शान्ति र सम्झनामा शनिबार धनगढीको पार्कमोडमा महादिप प्रज्वलन गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का

अझै पढ्नुहोस्
समाचार

रासस पत्रकारिता पुरस्कार गिरी र भट्टराईलाई

काठमाडौँ ५ फागुन/ नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार २०८१’ रासस केन्द्रीय कार्यालयका नेपाली समाचार सम्पादक विक्रम गिरी र फोटो

अझै पढ्नुहोस्
पर्यटन

घोडाघोडीका ताल परिसरमा वृक्षारोपण

जमुना न्युरे,डिभिजन वन कार्यालय पहलमानपुरले घोडाघोडी नगरपालिकाको ताल परिसरमा वृक्षारोपण गरेको छ । कार्यालयले घोडाघोडी ताल र वडा न २ मा रहेको चिडिया ताल परिसरमा

अझै पढ्नुहोस्