नेपाल यातायात मजदुर सघंले दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम

शेयेर गर्नुहोस

धनगढी/बसपार्कमा दुर्घटना न्यूनीकरण सचेतनाका साथै विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाल यातायात मजदुर संघ कैलाली जिल्ला समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

नेपाल यातायात मजदुर संघ कैलालीका अध्यक्ष जंगबहादुर श्रीमालको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नावय महानिरीक्षक (डिआइजी) रविन्द्र केसी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले दसै तिहारको समयमा यातायात क्षेत्र बढी सक्रिय हुने र भिडभाड हुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सचेतना अपनाउनु पर्ने बताए ।

उनले भने,‘दसै तिहारको समयमा चाप बढीरहेको हुन्छ, यस्तो बेला दुर्घटनाको सम्भावना बढी हुन्छ । तसर्थ ट्राफिक प्रहरीले मात्र नभई सबै पक्ष लागेर दुर्घटना न्यूनीकरण गर्न सचेतना अपनाउनु पर्छ ।’ सम्भावित दुर्घटनालाई न्यूनीकरणका लागि प्रहरी मात्रै नभई आम नागरिकको पनि कर्तव्य रहेको उनले बताए ।

विभिन्न सांगीतिक प्रस्तुतिका साथ गरिएको कार्यक्रममा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य तथा सुदूरपश्चिम प्रदेश यातायात विभाग प्रमुख टेकराज जोशी, नेपाली कांग्रेसका प्रदेश सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम प्रदेश विभाग प्रमुख रामबहादुर देउवा, धनगढी उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य गंगा विक, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख राजिव बस्नेत, जिल्ला प्रहरी कार्र्यालय कैलालीका प्रमुख पदम बिष्ट, यातायात व्यवस्था विभाग कार्यालय कैलालीका प्रमुख नरेन्द्रबहादुर शाह, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश अध्यक्ष ज्ञानबहादुर शाह, नेपाल ट्रेड युनियन महासंघ जिफण्ट राष्ट्रिय समिति सदस्य तथा प्रदेश अध्यक्ष जितबहादुर मल्ल, नेपाल यातायात मजदुर संघ राष्ट्रिय समिति महिला उपाध्यक्ष शान्ति भट्ट, नेपाल यातायात मजदुर संघ राष्ट्रिय समिति उपमहासचिव सुरेन्द्र अवस्थी,

नेपाल यातायात मजदुर संघ राष्ट्रिय समिति सल्लाहकार गणेशराज पाण्डेय, नेपाल यातायात मजदुर संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष केशवराज पन्त, सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटा, रिभर साइड यातायात प्रालिका अध्यक्ष गणेशराज ओली, खप्तड यातायात प्रा.लिका अध्यक्ष अनन्तराज जोशी, कैलाली यातायात पालिका महासचिव तीर्थराज जोशी, सुप यातायात मजदुर भलाई कोष समितिका उपाध्यक्ष मुरलीधर बोहरा, नेपाल यातायात मजदुर संघका राष्ट्रिय समिति सदस्य नवीन रावल र भोजराज भट्ट, कोपिला रानाभाट, दिलु बोहरा तथा सुख्खा बन्दरगाह श्रमिक संघ राष्ट्रिय समितिका सह–कोषाध्यक्ष दिनेश खत्री लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

The Ultimate Guide to French Roulette Low House Edge Australia High RTP

What is Betty Casino: A Brief Overview?

What is Cash Lounge Casino: Overview and Features

Overview of Goxbet Casino Online Services and Features

What is Total Casino: An Overview of Online Gaming Platforms

What is MyStake Chicken 2 in Online Gambling?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने

धनगढी/यसपाली पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ विगत दश बर्षदेखि हुदै

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाह र बिधान समितिका सभापति बिष्टलाई गरे सम्मान कर्मचारी युनियनले

धनगढी/नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिमद्वारा मुख्यमन्त्री शाह र बिधायन समिती सभापति बिष्टलाई सम्माननेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कमल बहादुर शाह र सुदुरपश्चिम मामिला

अझै पढ्नुहोस्