नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलाली शाखा र लायन्स क्लब अफ धनगढी टाउनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलाली शाखा र लायन्स क्लब अफ धनगढी टाउनको संयुक्त आयोजनामा मुटुरोग सम्बन्धि सचेतना तथा विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।


उक्त कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. चित्रराज शर्माले मुटुरोग रोग रोकथाम तथा नियन्त्रणबारे आफ्नो धारणा प्रस्तुत गर्दै सहभागीहरूले मुटुरोग बारे उठाएका जिज्ञासालाई समेत सरल ढङ्गबाट बताउनु भएको थियो। डा. शर्माका अनुसार मुटुरोग लाग्नबाट जोगिनका लागि ७ वटा उपायहरूलाई अनिवार्य पालना गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

जस्तै : पौष्टिक खानपान, सक्रिय जीवनशैली, नियमित स्वास्थ्य जाँच, रक्तचाप नियन्त्रण, कोलेस्टेरोल नियन्त्रण, चीनीरोग जाँच तथा नियन्त्रण, धुम्रपान तथा मद्यपान सेवन नगर्ने जस्ता कुरालाई प्रस्तुत गर्नु भएको थियो ।


उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लबका अध्यक्ष प्रदीप बैद्यले गर्नु भएको थियो भने प्रमुख अतिथि निवर्तमान मल्टिपल काउन्सिल चियर पर्सन सी बी चन्द हुनुहुन्थ्यो भने स्वागत मन्तव्य नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलालीका सभापति डा.कृष्ण बहादुर बोहराले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन लायन्स क्लब अफ धनगढी टाउनका सचिव सागर बमले गर्नु भएको थियो ।

ताजा खबर

The Ultimate Guide to Playing Roulette Platform Online

Entdecken Sie die spannende Globus der Echtcash Online-Glücksspiel-Etablissements

How to File a Complaint at Royalen

Remarkable journeys from beginners to pros with arionplay casino await

CrownPokies Slot Strategie: Volatilität vs RTP

सम्बन्धितखवर

छुटाउनु भयो कि !