TRENDING
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
1x Казино Зеркало: Пошаговый гид для новичков
Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii
Real Cash & Demo Mode
Next
Prev

‘लागू औषध न्यूनीकरणमा साझा पहल जरुरी’

शेयेर गर्नुहोस


धनगढी/लागू औषध न्यूनीकरणमा सबैको साझा पहल हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बढ्दो लागू औषध ः न्यूनीकरणका लागि साझा प्रयास’ विषयक बहसमा बोल्दै वक्ताहरुले लागू औषध न्यूनीकरणका लागि घरिपरिवादेखि समाजले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका हुन् ।


लागू औषध प्रयोगकर्ताको हिसाबले हेर्ने हो भने देशभरका १० जिल्ला मध्ये एक जिल्लाका रुपमा कैलाली पर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका मुद्दा शाखाका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले बताए । उनले भने,‘खुला सीमा नाकाका कारण कैलालीमा लागू औषध प्रयोगकर्ता बढीरहेका छन् ।’

नेपालमा प्रतिवन्धित लागू औषध भारतीय बजारमा खुलमखुल्ला बेचबिखन हुँदा पनि त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका युवाहरुमा परिरहेको उनले बताए । उनले भने,‘खुला सीमाले गर्दा युवाहरु भारतीय बजार गएर लागू औषध किनेर नेपालमा नै ल्याएर प्रयोग गर्ने गरेका छन् ।’ उमेर समूहका हिसाबले हेर्ने हो भने १८ देखि ४० वर्षका युवा युवती लागू पदार्थ दुव्र्यसनीमा फसेका उनी बताउँछन् ।


लागू पदार्थ प्रयोगकर्ता बढ््नुमा सबै पक्ष दोषी रहेको बताउँदै उनले भने,‘घर समाजदेखि नियमन निकाय सबै उत्तिकै जिम्मेबार छौँं । हामी सबैको साझा पहलले मात्रै लागू औषध नियन्त्रण हुन सक्छ । त्यसमा सबैले लाग्नुपर्छ ।’ लागू औषध प्रयोगकर्तालाई मुद्दा चलाएर मात्रै नहुने भएकाले जनचेतना जगाउनु जरुरी रहेको पनि उनले बताए ।


कैलालीमा मात्रै विगत ४ वर्षको तथ्याङक हेर्दा लागू औषध दुव्र्यसनीका मुद्दा बढ्दै गएका देखिन्छन् । आर्थिक वर्ष २०७९/०८० मा लागू औषध दुव्र्यसनीका ३ सय ४७ मुद्द जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए । जसमा ५ सय २२ जनालाई मुद्दा चलाइएको थियो । ती मध्ये ४ सय ७३ पुरुष र ४९ जना महिला छन् । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ३ सय १५ मुद्दा चलाइएको थियो । मुद्दामा ४ सय २० जना पुरुष र २७ जना महिला थिए ।

आर्थिक वर्ष २०८१/०८२ मा ४ सय ६६ मुद्दा दर्ता भए भने ६ सय ३२ जना पुरुष र ३८ जना महिला विरुद्ध मुद्दा चलाइएको थियो । यस्तै चालू आर्थिक वर्षको अहिलेसम्म १ सय २२ मुद्दा दर्ता भएका छन्् । मुद्दा मध्ये १ सय ६० पुरुष र ४ महिला छन् ।
तथ्याङ्क हेर्दा कैलालीमा मात्रै लागू औषधको जालो फैलदो छ । कैलालीमा लागू औषध दुव्र्यसनीको स्थिति डरलाग्दो रहेको सुदूरपश्चिम पुनस्र्थापना फाण्डेसनका सञ्चालक समीर मल्ल बताउँछन् ।पहिलेको तुलनामा लागू औषध प्रयोगकर्ता बढ्दै गएको बताउँदै उनले भने,‘साथी संगतिकै कारण सबैभन्दा बढी लागू औषध प्र्रयोगकर्ता बढिरहेका छन् ।’

उत्सुकता, साथीभाइको दबाब र हिरोगिरीका कारण युवाहरु लागू औषध दुव्र्यसनीमा फसिरहेको उनी बताउँछन् । युवायुवती लागू औषध दुव्यसनीमा फस्नुमा मुख्य कमजोरी अभिभावकको रहेको बताउँदै उनले भने,‘अभिभावकसँगसँगै शिक्षक, समाजको पनि उत्तिकै कमजोरी छ ।’ अभिभावकले आफ्ना छोराछोरीको आनीबानी र संगतको हेरविचार गर्नु जरुरी रहेको उनी बताउँछन् ।

लागू औषध प्रयोगकर्तालाई प्रहरीले समातेर मुद्दा चलाएर मात्रै केही नहुने बताउँदै उनले भने,‘मुद्दा चलाउनु समाधानको उपाय हैन, प्रयोगकर्तालाई औषधोपचार गर्नुका साथै मनोपरामर्श दिइनुपर्छ । ता कि प्रयोगकर्ताले मन भित्रैदेखि त्यसलाई छाड्न सकोस्् ।’


लागू औषध सेवनको समस्या भनेको मनोरोग भएको निसर्ग हस्पिटलका मनोचिकित्सक डा. प्रभात सापकोटाले बताए । उनले भने,‘डिप्रेसन, इन्जिाइटी जस्तै लागू औषध दुव्र्यसनी पनि मनोरोग हो, त्यसलाई मुद्दा चलाएर कारागार राख्नुपर्ने नभई उपचारको खाँचो हुन्छ ।’ लागू औषध सेवन गर्नेहरुलाई गम्भीर खालको रोग भएकाले त्यसलाई औषधिकै माध्यमबाट उपचार गरिनु पर्ने उनी बताउँछन् ।

सरकारले लागू औषध सेवनकर्तालाई समातेर जले चलान गर्ने र उनीहरु सजाय कटाएपछि पुनः लागू औषध दुव्र्यसनीमै फर्कने सम्भावना रहेकाले औषधिको माध्यमबाट उपचार गरिनुपर्ने उनले सुझाव दिए ।


लागू औषध न्यूनीकरणका लागि स्कुलदेखि नै प्रयास गरिनुपर्ने डा. सापकोटाले बताए । उनले भने,‘विद्यालयमा मेन्टल हेल्थको शिक्षा दिइनु पर्छ । लागू औषधका बारेमा पाठ््यक्रम नै तयार गरिनु पर्छ ।’ समाजमा लागू औषध प्रयोगकर्ता बिरामी हुन् भन्ने बुझ्न नसक्दा पनि कमजोरी भइरहेको उनको निष्कर्ष छ ।


सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । बिहीबार सातौं श्रृङ्खलामा बढ्दो लागू औषध ः न्यूनीकरणका लागि साझा प्रयास विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

Real Cash & Demo Mode

सम्बन्धितखवर

छुटाउनु भयो कि !