६ गते भित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा दाेस्राेपटक आह्वान

शेयेर गर्नुहोस


टीकापुर/ सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाेस्राे पटक दाबी पेस गर्न आह्वान गरिएकाे छ ।
एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका हुन्। प्रदेश प्रमुख नजिर मियाँले बैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन्। संविधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने प्रावधान छ।


यसअघि प्रदेश प्रमुख मियाँले बैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय तोकेका थिए। बैशाख २ गते सत्ता गठबन्धनलाई चुनौती दिदै काँग्रेसका १८, समाजवादीका ४, राप्रपाका एक र नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।


त्यस लगत्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि माओवादीका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए। मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिबाटै २ जनाको दाबी परेपछि प्रदेश प्रमुखले दलहरुसँग अध्ययनका लागि २ दिनको समय मागेका थिए।
नागरिक उन्मुक्तिकै दुई जनाको दाबी परेको र उसका ७ जनाको समर्थन लक्ष्मणकिशोरलाई हो वा कैलाशलाई भन्ने विषयमा स्पष्टता नभएकाले प्रदेश प्रमुखले दुबैको दाबी खारेज गरि बैशाख ६ गते विहीबार बेलुकी ५ बजेसम्म स्पष्ट बहुमत खुल्ने गरि मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गरेका हुन्। नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री दाबी पेस गरेका लक्ष्मणकिशोर पार्टी संरक्षक रेशम पक्षका हुन भने कैलाश अध्यक्ष रञ्जीता पक्षका हुन।
७ जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिभीत्र पाँच जना रेशमको पक्षमा र २ जना रञ्जीताको पक्षमा देखिएका छन्। यसअघि मंगलबार दिउसो नेकपा एकीकृत समाजवादीले पनि लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो। समाजवादीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारी आफै प्रदेश प्रमुखको निवासमा पुगेर समर्थन फिर्ता लिएको पत्र प्रदेशप्रमुखलाई बुझाईसकेका थिए।

ताजा खबर

Roulette with Free Spins Australia for Mac Review

The Ultimate Guide to Real Money Roulette Canada Secure

Ruletka Gra Zakłady: Wszystko, co musisz wiedzieć

Обзор онлайн слота “Свит Бонанза”

What is Trada Casino: Overview and Features?

Overview of 10black Casino online gambling platform features and services.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्
समाचार

वन मन्त्रालयको सचिव सवार गाडीमा ढुङ्गा प्रहार

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९

अझै पढ्नुहोस्