निकुञ्जमा एक हात्ती मृत फेला

शेयेर गर्नुहोस

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो । शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए ।

‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’ गत १२ असोजमा उत्त हात्ती मृत फेला परेको स्थानदेखि झण्डै ४÷५किलोमिटर पुर्व हात्तीको बथानले लालझाडी गाँउपालिका ४डागाँ जाईका ५० बर्षिया रामदत्त रानाको मृत्यु भएको थियो ।

हात्तीको आक्र्रमणबाट मानिसको मृत्यु भएको सातामै हात्ती पनि मृत फेला परेको छ । रानामाथि आक्र्रमण गर्ने हात्ती कतै त्यही वा सोही समुहको हो की भनेर स्थानीयले अडकलबाजी गरिरहेका छन । हात्तीले मानिसमाथि आक्र्रमण गरेर मानिस मात्रै नभई हात्तीले समेत मानिसका कृयाकलापले ज्यान गुमाएका छन ।

१० बर्षको अवधिमा कञ्चनपुरमा चार हात्तीले ज्यान गुमाएका छन । ९ भदौँ ०७४ सालमा पुनर्वास नगरपालिका १० बाईसेविचुवामा एक हात्तीले मानिसले राखेर विद्युतिय धरापमा परेर ज्यान गुमायो । त्यसपछि पुनर्वास २ अमरैया उखुबारीमा हात्ती मृत फेला परे ।

३२ साउन ०८०मा सरकारी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती शुक्लाफाँटा नगरपालिका ७ कालापानी वातावरण सामुदायिक वनको सेफ्टी ट्याङकीमा परेर एक हात्तीले ज्यान गुमाएका छन । १८ असोज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाउ जंगलमा गर्भवती हात्तीले ज्यान गुमाएको छ । मानव बन्यजन्तुविचको द्वन्द्व र वनकै कार्यालयमा बन्यजन्तुमैत्री सरचना एव कमजोर संरचना निर्माणले हात्तीले ज्यान गुमाएको सरक्षणकर्मीले अथ्र्याएका छन

ताजा खबर

Casino Bewertung App: Alles, was Sie wissen müssen

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सांसद चाैधरीकाे विना सर्थ रिहा नगरे आन्दोलनमा जाने नागरिक उन्मुक्तिकाे चेतावनी

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले माननीय सांसद अरुण कुमार चाैधरीकाे विना सर्थ रिहा नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।बिहीबार नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. २

अझै पढ्नुहोस्

1Win вход сейчас

1win букмекерская контора — вход ▶️ ИГРАТЬ Содержимое 1win Букмекерская Контора – Вход Преимущества и Функции 1win Преимущества 1win Функции 1win Как Зарегистрироваться и Войти

अझै पढ्नुहोस्