स्टेट सेभेन अनलाइनले जित्यो गौरीशंकर डेन्टल चौंथो एनएसजेएफ मिडिया कप फुटसल उपाधी

शेयेर गर्नुहोस

धनगढी हिमालयन गौरीशंकर डेन्टल चौथो एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा आयोजित चौथोे संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपाधी स्टेट सेभेन अनलाइनले जितेको हो ।

बुधबार धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजित मिडिया कप फुटसल प्रतियोगितामा खबरकुन्ज अनलाइन उप बिजेता बन्यो । प्रतियोगिताको विजेता स्टेट सेभेन अनलाइनले नगद २५ हजार तथा उपविजेता खबरकुन्ज अनलाइनले नगद १५ हजार सहित ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडी खबर कुन्जका प्रदिप पाठक बने । उत्कृष्ठ गोलकर्ता स्टेट सेभेनका शकंर बोहरा बन्दा स्टेट सेभेनकै टकं कुँवर उत्कृष्ठ गोलकिपर बने ।


प्रतियोगितामा बिश्वखोज अनलाइन, अत्तरिया पत्रकार, निर्भिक पोस्ट, इबिगुल, प्रेसपत्र, र खबर एण्ड लाइभ सहभागी थिए । एक कार्यक्रमका बिच हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एस.केले बिजेता र उप बिजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा निसर्ग हस्पिटल रहेको थियो । प्रतियोगितालाई नवजिवन सहकारीले प्रबद्र्धन गरेको थिायो । प्रतियोगितालाई मायामेट्रो अस्पताल, नोभा अस्पताल, इलाइट युथ क्लव, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका थिए ।

ताजा खबर

Casino Bewertung App: Alles, was Sie wissen müssen

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा

अझै पढ्नुहोस्