प्राकृतिक स्रोत संरक्षण र अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी, १९ असोज। प्राकृतिक स्रोत संरक्षण र वातावरणीय अपराध नियन्त्रणका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यूएसएआईडीको सहयोगमा लक्ष्य ट्रेनिङ एण्ड रिसर्च प्रा.लि.ले जल जङ्गल परियोजना अन्तरगत आयोजना गरेको कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो।

लक्ष्य ट्रेनिङ एण्ड रिसर्च प्रा.लि.का कार्यक्रम अधिकृत दिनेश चन्द्र जोशीले वातावरणीय अपराध नियन्त्रण र प्राकृतिक स्रोत संरक्षणका सम्बन्धमा जानकारी गराउँदै जलवायु परिवर्तन र वातावरणीय विनाश न्यूनिकरणका लागि नीति, नियम र कानुनहरूको आवश्यकता रहेको बताए । कार्यक्रम उनले वन्यजन्तुको संरक्षण र वन्यजन्तु मैत्री विकास निर्माणलाई विशेष प्राथमिकतामा राख्नु पर्ने बताए । साथै, वातावरणीय अपराध नियन्त्रणमा स्थानीय निकाय र नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने भन्दै जनचेतना अभिवृद्धिका लागि सबैलाई योगदान गर्न आग्रह गरिएको थियो ।

धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयनमा विशेष जोड दिइएको जानकारी दिए। उनले प्लास्टिकजन्य वस्तुहरूलाई प्रतिबन्ध लगाएर वातावरण संरक्षणमा नगरपालिकाले सहयोग गरेको बताए। कार्यक्रमका सहभागी अपांग महासंघका नन्दराज जोशीले मानव जीवनको सुरक्षा वातावरण संरक्षणसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए । उनले भने ‘ हामीले वातावरणको रक्षा गर्यौं भनेमात्र हाम्रो भविष्य सुरक्षित हुनेछ। ’

कार्यक्रमले वातावरण मैत्री विकासमा ध्यान दिनुपर्ने र विकास निर्माणले वातावरणमा पार्ने असरको गहिरो अध्ययन आवश्यक रहेको जानाइएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Uitdagingen en kansen rondom tip-top casino bieden unieke spelervaringen voor liefhebbers

Actuele ontwikkelingen en kaasino casino bieden nieuwe perspectieven voor spelers

Elképesztő szórakozás és kihívás vár rád a chicken road game casino segítségével, mely a gyorsaságot jutalmazza

Gewinnchancen erleben – so funktioniert der Spaß bei slotsdj casino und erhöht dein Spielguthaben nachhaltig

Remarkable gardens benefit immensely from incorporating shinywild into diverse designs

Remarkable opportunities with nv-casinos1.com and secure online gaming experiences

सम्बन्धितखवर

छुटाउनु भयो कि !