धुर्जन्नामा वन अतिक्रमण गरि बस्ती बसाउन खोज्ने ८ जना नियन्त्रणमा

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको धनगढी उपमानगरपालिका १६ स्थित सिद्धबाबा सामुदायिक वन क्षेत्र अतिक्रमण गरि घर टहरा बनाईरहेको अवस्थामा ८ जना पक्राउ परेका छन ।

धुर्जन्ना गाउँमा रहेको खुटिया नदिको किनार खुल्ला वन क्षेत्रमा गएराति वन अतिक्रमण गरि घर टहरा निर्माण गर्दै गर्दा ८ जनालाई डिभिजन वन कार्यालय कैलालिले नियन्त्रणमा लिएको हो । सामुदायिक वनको २० हेक्टर बढि खाली  जमिनमा गएर उनीहरु पाल टागेर घर छाप्रो बनाउने तयारी रहेको डिभिजन वन कार्यलय कैलालीका वन अधिकृत लोकराज दाहाल जानकारी दिए ।

वन क्षेत्रमा गए राति अतिक्रमण गरि घर टहरा निर्माण गर्दै गरेको गोप्य सुचनाका आधारमा डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्ण दत्त भट्टको नेतृत्वमा गयको टोलिले स्थलगत अनुगमन गरि मंगलवार विहान डिभिजन वन कार्यालय कैलाली अर्न्तगत पर्ने सव डिभिजनहरु,शशस्त्र वन रक्षक र डिभिजन वन कार्यालय पहलमानपुरको शशस्त्र वन रक्षक , सशस्त्र प्रहरीको संयुक्त टोलि गएको घटनास्थल पुगेर पाल टागेर ,घरटहरा निर्माण गर्दै गरेको अवस्थामा सो जमिन खाली गराइएको हो ।

अतिक्रमण कारी २ सय भन्दा बढिको संख्या हुल रहेको ,वन कार्यलयले तुरुन्तै घट्नास्थलमा पुगि अतिक्रमण हटाइएको  फुलवारी सव डिभिजन वन कार्यालयका प्रमुख जिवक्ष यादवले जानकारी दिए ।


अतिक्रमण क्षेत्र हटाउदा ८ जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ पर्नेमा मान बहादुर कामी,प्रेम सार्कि,चक्र सार्कि, टेक बहादुर भुल, मनिराम पाध्याय,पवन रसाईली,मान बहादुर कामी,राजेश कामी रहेको यादवले भने ।


उनीहरु डोटि,कैलाली,बाजुरा,अछाम लगायतका जिल्लाबाट आएका हुन । उनीहरु यस अघि अत्तरीया र खुटियामा पनि अतिक्रण गरि बस्ती बसालेको र सोहि अनुरुप उक्त खाली क्षेत्रमा पनि बस्ती बसाउन आएको यादवले बताए ।
सो घटनाको थप अनुसन्धान गरि कारवाहि गरि वन निमावली २०७९ , वन ऐन २०७६ अनुसार वन अतिक्रमणको कसुरमा कारवाहि गरिने यादवले जानकारी दिए ।

ताजा खबर

Mobile Roulette for iOS Australia at Real Casino

Roulette Bonus Canada No Deposit

The Comfort of Utilizing Mastercard at Online Casinos

Repayment Methods in Online Casino Sites: A Comprehensive Guide

Roulette with Free Spins Australia for Mac Review

The Ultimate Guide to Real Money Roulette Canada Secure

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सरकारको अपेक्षाअनुसार बिमा क्षेत्र विस्तार हुन सकेन : प्रमुख केदारनाथ भट्ट

धनगढी । नेपाल सरकारले अपेक्षा गरेअनुसार बिमा क्षेत्रको विस्तार हुन नसकेको नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख केदारनाथ भट्टले बताएका छन्। नेपाल बिमा प्राधिकरण

अझै पढ्नुहोस्
Highlights

म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका

अझै पढ्नुहोस्