धनगढी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु,कुशल भुर्तेलको अलराउण्ड प्रदर्शमा डडेल्धुराको विजयी सुरुवात

शेयेर गर्नुहोस



कैलाली/क्रिकेटको शहर धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । गो ड्रिर्मसको आयोजनामा धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गरे । नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चर्तुरवहादुर बिष्ट विशिष्ठ अतिथि रहेको उद्घाटन समारोहमा चर्चित गायक चक्र बमले सांगितिक प्रस्तुती दिएका थिए ।


धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगितामा डडेल्धुराको फेण्ड्स क्लबले विजयी सुरुवात गरेको छ । नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउण्ड प्रदर्शमा डिसिए धनगढीमा सानदार जित दर्ता गर्दै फेण्ड्स क्लब डडेल्धुराले जितबाट प्रतियोगिताको सुरुवात गरेको हो ।

डिसिए धनगढीलाई ८ विकेटले हराउँदै फेण्ड्स क्लब डडेल्धुराले विजयी सुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । सुरुवाती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुराउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।

निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे । सातौ नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए । डडेल्धुराका लागि राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि विष्टले २÷२ तथा हेमन्त धामीले १ विकेट लिए ।


धनगढीस्थित फाप्ला मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । डडेल्धुराका लागि कुशल भुर्तेलले अर्धशतक बनाउँदै आफ्नो टीमलाई जित दिलाए । ५१ बलको सामना गरेका उनले ८७ रनको अविजित पारी खेले । यस्तै विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १÷१ विकेट लिए । खेलका नवजीव सहकारी संस्था लिमिटेड म्यान अफ द म्याच डडेल्धुराका भुर्तेल भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।


प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा सीवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड प्रतिस्पर्धा गर्नेछन् । अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समुह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Rozegranie w GrasieSpota Kasyna: Przegląd Otozarów i Stawek

Azzardo Online con Betcave Casino, Scegli il tuo Gioco Preferito

Slamz Casino: Ein Führer Durch Die Welt Der Online Glücksspiele

A Guide to Online Slots and Table Games at JackpotCafe Casino

Spin House Casino Gaming Options and Promotions Review

SpinSamba Casino – Hra na štěstí se změnami regulací

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डुडेझारी औद्योगिक क्षेत्र संघीय वन मन्त्री शाहिले अवलोकन गरे

सुखड /डुडेझारीलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने योजना सरकारले विगत लामो समयदेखि नीति तथा कार्यक्रममा समेटे पनि बजेटको अभावका कारण काम अघि बढ्न सकेको थिएन।

अझै पढ्नुहोस्

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्

Ενδιαφέρουσα εμπειρία παιχνιδιού προσφέρει το leonbet στους λάτρεις των καζίνο και των αθλημάτων

Ενδιαφέρουσα εμπειρία παιχνιδιού προσφέρει το leonbet στους λάτρεις των καζίνο και των αθλημάτων Η Ποικιλία Παιχνιδιών στο Leonbet Δημοφιλείς Κουλοχέρηδες και Επιτραπέζια Παιχνίδια Στοιχηματισμός σε

अझै पढ्नुहोस्