TRENDING
Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?
“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi
Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada
Mostbet AZ Yükləmə: İstifadəçilər üçün Təhlükəsiz və Etibarlıdırmı?
Next
Prev

५३ औँ बिश्व सिमसार दिवस घोडाघोडिमा मनाइयो

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलालीको बिश्व रामसार सुचिमा सुचिकृत तथा नेपालको पहिलो पन्क्षिं अभय आरण्य ( बर्ड सेन्चुरी ) क्षेत्र घोडाघोडी ताल आज सिमसार दिवस मनाइएको छ ।

‘भविष्यको लागि सिमसार संरक्षण’ भन्ने मुल नाराका साथ सिमसार दिवस मनाइएको हो । डिभिजन वन कार्यालय पहलमानपुरको  आर्थिक सहयोग र घोडाघोडी क्षेत्र संरक्षण जनजागरण मञ्च नेपालको आयोजनामा दिवस मनाइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै घोडाघोडी नगरपालिका नगरप्रमुख खडक बहादुर रावतले सिमसार क्षेत्र जोखिममा पर्दै गइरहेको भन्दै संरक्षणमा जुट्न आवश्यक रहेको बताए । पछिल्ला दिनहरूमा सिमसार क्षेत्रहरू हराउँदै लोप हुँदै अतिक्रमण हुँदा घोडाघोडी क्षेत्रमा रहेका तालहरू पनि सुक्दै गइरहेको छ ।

तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनः स्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस हरेक बर्ष मनाउदै आयको छ ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन्  १९८७  डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो ।

सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्त्वको सिमसार सम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, रारा ताल, माई पोखरी, फोक्सुन्डो ताल, बिस हजारी ताल, घोडाघोडी ताल, गोसाईंकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौ वटा तालको समूह रामसार सूचीमा समावेश छन् ।

घोडाघोडी क्षेत्र संरक्षण जनजागरण मञ्च नेपालका अध्यक्ष हेम बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा विशिष्ट अतिथि डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत रामचन्द्र कँडेलले भने
सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको उनले जानकारी दिए । नेपालले संविधान, जलस्रोत संरक्षण ऐन– २०४९, स्थानीय सरकार सञ्चालन ऐन– २०७४, वातावरण संरक्षण ऐन– २०७६, जलचर संरक्षण ऐन– २०१७, राष्ट्रिय सिमसार नीति– २०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४)लगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा वन कार्यलयले प्रतिबद्धता जनाउँदै आएको बताए ।

कार्यक्रममा बोल्ने वशन्ता संरक्षित वन परिषद् कैलालीका अध्यक्ष पुष्कल बहादुर बमले भने पछिल्लो समयमा स्थानीय सरकारले सरक्षण र सम्बर्द्धनमा ध्यान दिएको छैन उपभोग गर्नमा मात्र ध्यान दिदा यहाँ सिमसार क्षेत्र दिनहु सुकि रहेका र अतिक्रमण चपेटामा परेको बताए ।

कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक बनका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी, विद्यार्थीहरू लगायत सरोकारवालहरूको सहभागिता रहेको थियो । घोडाघोडी क्षेत्र संरक्षण जनजागरण मञ्च नेपालका सदस्य ज्योति खड्काको स्वागत मन्तव्य सधैँ सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका सदस्य विश्वनाथ देवकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?

“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi

Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada

Mostbet AZ Yükləmə: İstifadəçilər üçün Təhlükəsiz və Etibarlıdırmı?

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

सुखडमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने

सुखड । कैलालीको घोडाघोडी नगपालिका–१ सुखडमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र खेल क्षेत्रमा

अझै पढ्नुहोस्
मनोरंजन

विराजको नयाँ सिनेमा ‘१२ गाँउ’, हुनेछ अहिलेसम्मकै फरक नेपाली एक्सन सिनेमा

स्टार विराज भट्टले आफ्नो नयाँ सिनेमा ‘१२ गाउँ’ बनाउने पक्का भएको छ । सिनेमा एक्सन थ्रिलर जनरामा बन्नेछ । सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता

अझै पढ्नुहोस्