जमुना न्युरे,सुखड/कंचनपुर जिल्लाको दोधाराचाँदनी मा वडा ३ बडुवाल टोलमा वयस्क हात्ती मृत फेला परेको छ ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जकाका प्रमुख मनोज शाहले भने हामिलाइ भर्खर हात्ती मरेको सूचना आयको छ ,हामी घट्नास्थल तर्फ जाँदै गरेको सत्ती कर्णाली अनलाइनलाई बताए । शाहले भने हामी प्राबिधिक टिम सहित जाँदै छौ ।

अनुसन्धान तथा सदगद कार्य को लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जका पशु विशेषज्ञ आभास श्रेष्ठ , कंचनपुर जिल्लाका पशु कार्यलयका प्रमुख डा भुवन जोशी , दोधाराचाँदनी नगरपालिका वडा ३ का वडा अध्यक्ष हरिसिह धनाडी लगायत सरोकारवाला निकाए घट्नास्थल पुगेको छ ।
हात्तीको मृत्युको कारण पोर्टमाटम रिपोर्ट आय पछि थाहा हुने प्रमुख शाहले जानकारी दिए ।
यसरी शुक्लाफाटा राष्ट्रिय निकुञ्जकाको मध्यवर्ती क्षेत्र दोधाराचाँदनी मै हात्ती मृत फेलाले सरक्षणमा चुनौती थपिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष तथा सरक्षण कर्मी महेश दत्त जोशिले बताए







