TRENDING
Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting
Mobile Gambling Establishment Online: An Ultimate Overview
Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide
Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting
Next
Prev

थारु भाषा, कला संस्कृति संरक्षणमा सहयोग गर्छु : आर्थिक मन्त्री चौधरीले

शेयेर गर्नुहोस

धनगढी, ६ चैत । थारु गीत संगीत मार्फत थारु भाषा, कला संस्कृति संरक्षणमा सहयोग पुगेको सुदूरपश्चिम प्रदेशका आर्थिक मन्त्री घनश्याम चौधरीले बताएका छन् ।


बर्दगोरिया इभेन्ट एण्ड मार्केटिङ्ग प्रालिको आयोजनामा मंगलबार धनगढीमा भएको थारु राष्ट्रिय म्युजिक आवार्ड २०८० को टप लिष्टमा परेका कलाकारहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले थारु गीत संगीत तथा म्युजिक भिडियो मार्फत थारुहरुको भाषा, कला संस्कृति संरक्षणमा सहयोग पुर्‍याएको बताएका हुन् ।


‘हाम्रो थारु समुदायको भाषा कला संस्कृति बचाउन तपाई कलाकारहरु रातदिन खटिनु भएको छ’, मन्त्री चौधरीले भने, ‘यसले थारु समुदायको इतिहास र पहिचान बचाएको छ ।’
थारु समाजमा रहेको विकृति विसंगतिलाई हटाएर समाज रुपान्तरणमा पनि गीत संगीतले महत्वपूर्ण भूमिका खेलेको मन्त्री चौधरीले बताए । उनले गीतसंगीत मार्फत थारु समुदायलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पनि चिनाएको बताए ।
मन्त्री चौधरीले थारु गीतसंगीत, भाषा, कला संस्कृति संरक्षणका लागि आफु प्रदेश सरकार मार्फत सहयोग गर्ने पतिबद्धता पनि जनाए ।


राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले थारु कलाकारहरुले लोप हुँदै गएको भाषा संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए । यसका साथै उनले म्युजिक आवार्डले थारु कलाकारहरुलाई थप हौसाला पुग्ने बताए ।
बर्दगोरिया इभेन्ट एण्ड मार्केटिङ्ग प्रालिका प्रबन्ध निर्देशक तथा थारु राष्ट्रिय म्युजिक आवार्ड २०८० का संयोजक हरेन्द्र चौधरीले आवार्डका लागि १२० जनाले नोमिनेशनमा सहभागिता जनाएको बताए । नोमिनेशनमा सहभागी कलाकार मध्ये उनले २८ विधाका लागि टपलिष्टमा ६९ जना कलाकारलाई छनौट गरि प्रमाण पत्र वितरण गरेको बताए ।
यहि चैत २४ गते धनगढीमा हुने ग्राण्ड फिनालेका लागि भोटिङ्ग पनि सुरु भएको संयोजक चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting

Mobile Gambling Establishment Online: An Ultimate Overview

Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide

Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting

Online Casino Sites That Accept PayPal: A Convenient and Secure Repayment Option

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडीमा माओवादीको ३ महिने रूपान्तरण अभियानको समापन

पहलमानपुर / पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडी नगर कमिटीको समापन कार्यक्रम सोमबार पहलमानपुरमा सम्पन्न

अझै पढ्नुहोस्
समाचार

धनगढीमा स्वास्थ्यकर्मीद्वारा दबाबमुलक कार्यक्रम

जमुना न्युरे,धनगढी  /  धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् ।तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् । उनीहरुले

अझै पढ्नुहोस्
समाचार

सुखड विद्यालयको नाम जोडेर अवैध काठ तस्करी

जमुना न्युरे,सुखड/कैलालीमा एक विद्यालयको नाम जोडेर वन बाट अवैध काठ तस्करी गर्ने गरेको पाइएको छ । जील्लाको घोडाघोडी नगरपालिका–८, तरानगरमा रहेको राष्ट्रीय माध्यमिक विद्यालयको नक्कली

अझै पढ्नुहोस्