निर्माण तथा ट्र्याक्टर व्यवसायीहरूले नदीजन्य पदार्थ समयमै नखुलेको विरोधमा आन्दोलन

शेयेर गर्नुहोस

धनगढी/घोडाघोडी नगरपालिका अन्तर्गतका निर्माण तथा ट्र्याक्टर व्यवसायीहरूले नदीजन्य पदार्थ समयमै नखुलेको विरोधमा आन्दोलन चर्काएका छन् ।

यसअघि नगरपालिकाको कार्यालय परिसरमा ट्र्याक्टर राखी प्रदर्शन गरेका व्यवसायीहरूले अहिले नगरपालिकाको मूलगेटमै ताला लगाएका छन् ।

बालुवा, गिटी, ढुंगा जस्ता नदीजन्य पदार्थ लामो समयदेखि संकलन तथा ढुवानी गर्न नपाउँदा व्यवसाय पूर्ण रूपमा ठप्प बनेको उनीहरूको गुनासो छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर कडा आन्दोलन गर्नुपरेको व्यवसायीहरूको भनाइ छ ।

निर्माण व्यवसायीका अनुसार नदीजन्य पदार्थ अभावका कारण विकास निर्माणका काम रोकिएका छन् भने ट्र्याक्टर व्यवसायी तथा मजदुरहरूको रोजगारीसमेत संकटमा परेको छ ।

यस विषयमा नगरप्रमुखले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने कारण ढिलाइ भएको बताउनु भएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि नदीजन्य पदार्थ संकलन तथा व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियाका लागि २०८२/१०/०६ गते  सूचना प्रकाशित भइसकेको छ ।

नगरप्रमुखले अब केही दिनमै ठेक्का प्रक्रिया अघि बढी नदीजन्य पदार्थ संकलन सुरु हुने बताउनुभएको छ । तर व्यवसायीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

नगरपालिकाको मूलगेटमा ताला लागेपछि सेवाग्राहीसमेत प्रभावित भएका छन् ।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Как превратить бесплатные вращения в реальный выигрыш: проверенные стратегии для игроков Болливуд

Большинство новичков считают, что бесплатные вращения — это просто «подарок», который нельзя превратить в деньги. На практике же правильно управлять этими спинами можно существенно увеличить

अझै पढ्नुहोस्

ставки на спорт вавада

ставки на спорт вавада Ставки на спорт становятся все более популярными в современном обществе. Множество людей ищут способы сделать свои спортивные увлечения более захватывающими и

अझै पढ्नुहोस्