टीकापुरका एक बालक रकम अभावका कारण क्यान्सर राेग संगै लड्दै

शेयेर गर्नुहोस

टीकापुर / कैलालीको टिकापुर नगरपालिका वडा नं ७ सत्तीका एक बालक रकम अभावको कारण क्यान्सर राेग संग लडिरहेका छन् ।
सत्ती बजार ( राम मन्दिर नजिकै ) स्थित सन्तोष चाैधरिका १२ वर्षिया छाेरा समीर चाैधरि लाई क्यान्सर राेग भएको बताइएको छ । उनको शारीरिक चेकजाँच गर्दा डाक्टरले क्यान्सरको शिकायत भएको स्थानीय युवा महेश रावलले जानकारी दिएका छन् ।

राम मन्दिरमा धार्मिक कार्यक्रम गर्नका लागि घर घरमा सहयोग रकम जुटाउने क्रममा समिरकाे बारेमा जानकारी भएको स्थानीयकाे भनाइ छ । उनको शारीरिक अवस्था देख्दा उनलाई स्थानीय युवाले साथीभाइ बिच रकम उठाइ बुधबार टिकापुर अस्पतालमा चेकजाँचका लागि लिएको महेश रावलले बताए । उनलाई क्यान्सर भएको र साे उपचारको लागि भरतपुर क्यान्सर अस्पताल चितवनमा जाने सल्लाह दिएको उनको उपचारका लागि पहल लिएका महेश रावलले बताए ।

बालकका बाबु सन्तोष चाैधरी र आमा रिमा चाैधरी मजदुर भएकोले उपचारमा लाग्ने खर्च नभएर घरमै राेग पालेर बसेकाे युवा सराेकार समुहका अध्यक्ष सन्तोष नेपालीले बताए ।
समिरकाे उपचारका लागि युवा सराेकार समूह सत्ती मार्फत अभियान थालिने स्थानीय युवा महेश रावलले बताए । समीर चाैधरीकाे दायाँ हातकाे काँधमा क्यान्सरकाे सिकायत भएकाे जुन सुन्निएकाे अवस्थामा रहेकाे स्थानियले बताएका छन ।

उनकाे उपचारका लागि आफ्नतले र युवाहरुले सबैमा आग्रह गरेका छन ।एक बर्ष अगाडि खेल्दा खेल्दै भाचिएकाे र पैसा अभाभमा उपचार गर्न नसके र हाल अाएर यस्ताे अवस्थामा पुगेकाे छिमेकी का युवा महेश रावलले जानकारी दिएका छन । स्थानिय युवाहरुकाे पहलमा भाेलि खजुरा स्थित क्यान्सर अस्पताल लिने तयारि भईरहेकाे महेश रावलले जानकारि दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Dokładnie w hazardzie – Kasyno Wagerland

King Chance Casino: A Comprehensive Guide to Online Gaming Options and Regulations

Ein Überblick über Ausländische Casinos und ihre Regulierungen worldwide.

Übersicht über Ausländische Casinos und deren Möglichkeiten in Deutschland

Vulkan Vegas Kasino – Spela Online Casinospel Med Fokus på Trygghet och Nöje

Välkommen till Vagerland Kasino, Ett Spännande Ombud för Online Casinospel

सम्बन्धितखवर

छुटाउनु भयो कि !