कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता : ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले जित्यो

शेयेर गर्नुहोस

१२ जेठ,सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले जितेको छ । विजय स्पोर्ट्स क्लब धनगढीले २ गोल प्रहार गर्दे घोडाघोडी क्लब घोडाघोडीलाई हराएर उपाधि जितेको हो ।

निर्धारित खेल समयमा घोडाघोडी क्लबले १ गोल मात्र फर्काउन सक्यो । यो खेल सँगै विजय स्पोर्ट्स क्लब धनगढीले ‘ए’ डिभिजन लिगको उपाधि चुम्न सफल भएको छ ।

अङ्क तालिकामा विजय स्पोर्ट्स क्लब धनगढी शीर्ष स्थानमा थियो भने घोडाघोडी क्लब घोडाघोडी दोस्रो स्थानमा थियो । शीर्ष स्थानमा रहेको विजय स्पोर्ट्स क्लब र दोस्रो स्थानमा रहेको घोडाघोडी क्लब बिच उपाधिको लागी आज खेल भएको थियो । उपाधि जितेको विजय स्पोर्ट्स क्लब धनगढीले ट्रफि र नगद ७५ हजार पुरस्कार पाएको छ । दोस्रो हुने टिम घोडाघोडी क्लब घोडाघोडीले नगद ३७ हजार ५ सय मात्र पुरस्कार पाएको छ ।

यस अधि ‘वि’ डिभिजन लिगको उपाधि मङ्गल युवा क्लब गौरीगङ्गा र क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जितेका थिए । वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन भएको थियो । नेपाल फुटबल सङ्घ ९एन्फा० को वार्षिक कार्यपालिका अनुसार कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भएको थियो ।

प्रतियोगितामा जिल्लाका ‘ए’ डिभिजनका ७, ‘बि’ डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ‘ए’ डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाएका छन् । त्यस्तै ‘बि’ डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाएका छन् ।

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित

धनगढी/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएकी छन् । फोनिज प्रदेश कार्यसमितिको आज धनगढीमा भएको तेस्रो महाधिवेशनले उनको

अझै पढ्नुहोस्
समाचार

एक पछि अर्को विवादमा पर्दै कैलालीका साझेदारी वन

धनगढी/कैलालीका बाह्रवन, भारताल र गौरीगङ्गा साझेदारी वन विवाद र उजुरीका अखडा बन्दै गएको छ । वन ऐनको दफा २३ र नियमावली २०७९ को नियम ६४

अझै पढ्नुहोस्
समाचार

नेपालको राष्ट्रिय निर्धारित योगदान ३.० को मस्यौदा तथा सगरमाथा संवादमाथी छलफल तथा सुझाव संकलन

जमुना न्युरे,धनगढी/नेपालको राष्ट्रिय निर्धारित योगदान ३.० को मस्यौदा तथा सरगमाथा संवादमा (एन.डी.सी.३.०) सरोकारवाला निकायसंग छलफल तथा सुझाव संकलन कार्यक्रम धनगढीमा भएको छ । वन तथा

अझै पढ्नुहोस्