TRENDING
Avansert spill premium bord rulett online: En guide for erfarne spillere
Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen
1x Казино Зеркало: Пошаговый гид для новичков
Next
Prev

कोरोना पछि लयमा फर्किदै गाभरभ्याली होमस्टे

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित गाभरभ्याली होमस्टे वार्षिक २ करोडको कारोबार गर्न सफल हुदै कोरोना पछि पुन लयमा फर्किन थालेको छ ।

तराइ भु-परिधी कार्यक्रम( ताल )ले स्थानीयहरु सहभागिता बिना सरक्षण गर्न सकिँदैन भन्दै स्थानीयलाई सरक्षण ल्याउनका लागि आर्याआर्जन र जिबिको पार्जनमा जोड्नको लागि बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेको गाभरभ्याली थारु गाउका बि स २०७० सालमा ५ वटा घरमा होमस्टे सन्चालन गरेको थियो ।

स्थापना काल मा तराई भु -परिधी ताल कार्यक्रमले होमस्टे सन्चालनका लागि विभिन्न किसिमका तालिम , नेतृत्व बिकस तथा जिबिको पार्जनका सीप बिकास लगायतका क्षेत्रमा आर्थिक तथा प्राबिधिक सहयोग दिएको थियो ।

होमस्टे सन्चालन भए पछि बाहय तथा आन्तरिक पर्यटनहरुका लागि सुबिधा सम्पन्न बासका लागि वातावरण मैत्री बस्ने घर निर्माण , रमाउनका लागि आकर्षक कलात्मक तथा सास्कृतिक घरहरु बनाएका छ्न ।
जहाँ एक पटक गाभर भ्यालि होमस्टे पुग्ने जो कोहिले नजिक बाट थारु सस्कृती लाई बुझ्न पाउने आन्तरिक पर्यटक बिष्णमति चौधरीले बताइन ।

स्थापनाको एक दशक पार गरिसकेको होमस्टेले अहिले होमस्टेको धेरै कार्यक्रम गरेको छ , होमस्टे सन्चालन ५ घर बाट सुरु गरियको अहिले ३७ वटा घरमा होमस्टे सन्चाल गरिएको छ । यहाँ आजभोलि आउने पाहुनाका लागि रैथाने खाना तथा थारु कला सस्कृती ,परम्परागत रुपमा चलेका ढिकीजाँतो, तेल पेल्ने कोल, लडिया, माछा मार्ने हेल्का, राउटे समुदायले निर्माण गर्ने कोसी, ठेकी, काठबाट निर्मित महाकालको मूर्ति, मुगु जिल्लामा प्रचलित जाल लौरी, खजुरी (थाकल)ले तयार पारिएको मयुर, अँट्वा लगायतका परम्परागत बस्तु नजिक बाट आउने पहुनाहरु हेर्न र रमाउने गरेका छन् ।

गार्भरभ्यालिमा आउने बाहय तथा आन्तरिक पर्यटनहरुले बाके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गर्दै नजिक बाट जंगली जनावर , चराचुरुङ्गीहरु अवलोकन गर्न पाउने होमस्टे सन्चालक समितिका अध्यक्ष कृष्ण बहादुर चौधरी ले जानकारी दिए ।

होमस्टे गाभरभ्यालीमा आन्तरिक पर्यटन रुपमा पुगेका दुर्गा सापकोटाले थारू समुदायमा प्रचलित घोङ्घीको तरकारी, गंगटा, मुसा, सिध्रा माछाको चटनी, आलुको अचार, कचालु, ढिक्री, अनदी चामलको रोटी लगायत,
हिमाली भेग अन्तरगत मुगेली समुदायमा लोकप्रिय मानिने कोदोको रोटी, फापरको ढिडो, सिस्नोको सागलगायतका परिकार मौलिक खानाका परिकार खान पाउँदा आफू निकै खुसी रहेको बताइन । थारु समुदाय मात्र नभै अन्य समुदायको खानाको परिकारले गाभर भ्याली पर्यटन को रोजाइमा परेको छ ।

कोरोना कहर को होमस्टेलाइ पनि प्रत्यक्ष रुपमा असर परेको थियो ,आन्तरिक तथा बाहय पर्यटकहरु आउन सकेन , देशमा भएको आर्थिक मन्दीका कारण पाहुना बिहिन हुन पुगेको होमस्टे आजभोली पाहुनाले भरिभराउ हुने थालेको सन्चालक समितिका सचिव कर्ण रोकायाले जानकारी दिए ।

होमस्टे सन्चालन गर्दा सुरुवातका दिन सम्झिदै सचिब रोकायाले भने हामिले स्थापना गर्दा एक घरमा दुई जना पाहुनालाई सेवा दिन सक्थ्यो भने अहिले एक घरले १५ देखि २० जना पाहुनालाइ एकै घरमा सेवा गर्न सक्ने सबै सरचना निर्माण गरेका छौ , ।

गाभर भ्याली होमस्टेमा वार्षिक २० हजार भन्दा बढी आन्तरिक तथा बाहय पर्यटकहरु आउने गरेका छ्न । होमस्टे आउने पर्यटकका लागि रैथाने खाना , पर्यटकको चाहाना अनुसारको खाना होमस्टे आफैले उत्पादन गर्ने गर्दछ्न ,बजार बाट नुन र चिनि मात्र किन्ने गरे सचिब रोकायाले जानकारी दिए । आफुहरुले होमस्टे आउने पर्यटकको रोजाइ अनुसारको तरकारी तथा माछामासु घरमा नै उत्पादन गर्दा घरमा रोजगारी र आम्दानी मुख्य स्रोत भएको छ ।

होमस्टेले वार्षिक २ करोडको कारोबार गर्न सफल भएको छ । आर्थिक रुपमा सफल र सबल बन्दै जादा यसले गर्दा मध्यवर्ती क्षेत्रमा हुने बन्यजन्तु र मानव बिचको द्वन्द्व न्यूनीकरण गर्दै प्लास्टिकले वातावरणसँगै मानवीय स्वास्थ्यमा असर पार्ने भएकाले प्लास्टिक पूर्ण रूपमा बन्देज गरिएको उनको भनाइ छ । ‘गाभर भ्याली होमस्टेले रैथाने खानाको संरक्षण मात्र गरेको छैन, वातावरण संरक्षणमा पनि एक कदम अगाडि छ,
होमस्टे आउने पर्यटकहरुले थारु समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया, लट्ठा, मयूर नाच हर्ने सङै थारु पहिरन , सास्कृतिक सङ्ग रमाउने गरेको अध्यक्ष चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Avansert spill premium bord rulett online: En guide for erfarne spillere

Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen

1x Казино Зеркало: Пошаговый гид для новичков

1xbet Apk ᐉ Скачать Приложение 1xbet усовершенство Мобильного Телефона Android & Ios

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

घोडाघोडी लगायत कैलाली जिल्लाका सिमसारमा आगन्तुक चराको चहलपहल बढ्दै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी ताल नेपालीको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न

अझै पढ्नुहोस्

История и развитие игрософта в Казахстане Казахстан впервые открыл двери к онлайн‑казино в 2016 году, когда в закон вошли первые правила регулирования азартных игр.С того

अझै पढ्नुहोस्