कांग्रेशले ४२ औँ बिपी स्मृती दिवस मनाइयो

शेयेर गर्नुहोस

धनगढी/नेपाली कांग्रेस कैलालीले विभिन्न कार्यक्रम गरी ४२ औँ बिपी स्मृती दिवस मनाएको छ । नेपाली कांग्रेस कैलालीले  १० ओटा  प्रदेश क्षेत्रीय कार्य समितिमा विविध कार्यक्रम गरी स्मृती दिवस मनाएको हो । 

कैलाली क्षेत्र नम्बर ५ प्रदेश (क) कार्य समितिले  धनगढी ७ बेलीमा रहेको हनुमान मन्दिरको सरसफाइ तथा बृक्षारोपण गरी स्मृती दिवस मनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका  बिभिन्न क्षेत्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो समितिले ४२ ओटा विभिन्न जातका बिरुवा बृक्षारोपण गरेको कैलाली क्षेत्र नम्बर ५ (क)का सभापति  सीताराम रानाले बताए  ।

यस्तै कैलाली क्षेत्र नम्बर ५ (ख) कार्य समितिले पनि सेती प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको क्षेत्र नम्बर ५(ख)का सभापति केशबराज जोशीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला कार्य समिति, प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति र भातृ एवं शुभेच्छुक संघ संस्थाका नेता तथा सदस्यहरुको समेत सहभागी  रहेको  कैलाली जिल्ला सचिव केशब मिश्रले जनाकारी दिए  ।

 सेती प्रदेशिक कार्यालयको फलफूल बितरण कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री  नरनारायण शाह (मनु)ले बिपी कोईरालाको योगदानको प्रशंसा गरे। 

यस्तै नेपालीका कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले  बिपी कोईरालाको योगदानको स्मरण गर्दै उहाँले देशका सबै वर्गलाई  एकसूत्रमा बाँधेको बताए । केन्द्रीय सदस्य वडले  बिपी कोईरला पार्टीको मात्र नेता नभई देशकै आदर्शबादी नेता भएको बताए  ।उनले बिपि कोईरालाको मार्गदर्शन र आदर्शलाई नेपालीहरुले भुल्न नहुने धारण समेत  ब्याक्त गरे ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !