जेसिज सप्ताह सुुरुः पहिलो दिन विरुवा वितरण

शेयेर गर्नुहोस

धनगढी । धनगढी जेसिजको आयोजनामा आजदेखि जेसिज सप्ताह सुरु भएको छ । समुदायसँग जेसिज नाराका साथ जेसिज सप्ताह सुरु भएको हो । सप्ताहको पहिलो दिन विरुवा वितरण गरिएको छ ।

धनगढीको सहिद गेटमा सर्वसाधारणहरुलाई विभिन्न किसिमका बोटविरुवाहरु वितरण गरिएको हो । विभिन्न किसिमका ५ सय ३४ वटा विरुवाहरु वितरण गरिएको कार्यक्रमका संयोजक महेश्वर ओझाले जानकारी दिए । 

पर्यावरण संरक्षणका लागि विरुवा वितरण गरेर जेसिज सप्ताह सुरु गरिएको हो । धनगढी जेसिजका अध्यक्ष अरुण सिंहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुुख अतिथि कैलाली जिल्ला अदालतका मुख्य न्यायधिश अवस्थी रहेका थिए भने विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिकाका नगर प्रमुुख गोपाल हमाल रहेका थिए । 

साउन १२ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाईदैछ । मैत्रीपुर्ण फुुटसल, रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रकरण गोष्ठी र शैक्षिक सामाग्री वितरण गरि साउन १२ गतेसम्म सप्ताह मनाईरहेको जेसिज सप्ताहका मुल संयोजक ईन्जिनियर तर्कराज भट्टले जानकारी दिए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडीको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला हुने

 कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,संस्कृति तथा पर्यटन

अझै पढ्नुहोस्