TRENDING
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi
Next
Prev

कैलालीमा अर्जुन हत्याको विरोधमा प्रदर्शन, प्रहरी – हत्यारा पहिचान गरिसक्यौं

शेयेर गर्नुहोस

टिकापुर / घाँटी छिनालेर हत्या गरिएका कैलालीका अर्जुन दासका हत्यारालाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शन भएको छ । हत्याको विरोधमा टीकापुरस्थित ईलाका प्रहरी कार्यालय अगाडि स्थानीयले मंगलवार प्रदर्शन गरेका हुन् ।

प्रहरीका अनुसार सामुदायिक वनको करीब १ किलोमिटरभित्र दासको विभत्स र क्रुर ढंगले हत्या गरिएको छ । उनलाई रुखमा बाँधेर नग्न बनाइ घाँटी छिनालेर हत्या गरिएको छ । प्रहरीले उनको शव पोस्टमार्टमका लागि सोमवार नै टीकापुर अस्पतालमा राखेको छ । मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । यसैबीच प्रहरीले १ जनालाई पक्राउ परेको छ तर पक्राउ पर्ने व्यक्तिलाई हालसम्म सार्वजनिक गरिएको छैन ।

मृतक दासको हत्यापछि फोनमा भएको कुराकानीको अडियोको माध्यमबाट प्रहरीले अनुसन्धान गरिरहेको छ । अडियोमा ‘मनोज’ नाम गरेका व्यक्तिले अर्जुनको हत्या गरेर भारततर्फ जान लागेको बताएका छन् । मनोज नाम गरेका व्यक्तिले आफूले दासको हत्या गरेर रुपैडिया नाका हुँदै भारत गइरहेको बताएका छन् । ‘दाइ मनोज बोल्न लाछु,’ फोन कुराकानीमा भनेका छन्, ‘घाँटी छिनाले दाइ, हामी ब्याङ्लोर हिँडिसक्यौं । अहिले रुपैडिया नाका छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी –३ को वडा भवनको उद्घाटन

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा रहेका वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको सोमबार नगर प्रमुख खडक बहादुर रावत र उप–प्रमुख गुलिया

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कर्णाली मा.वि.काे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न

टीकापुर/टीकापुर -१ स्थित कर्णाली माध्यमिक विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ । मंगलबार विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक

अझै पढ्नुहोस्