१६ औं साधारणसभा सप्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका –१ घोडाघोडीमा अवस्थिति विराट् सनातन धर्म संस्कृति संरक्षण संबद्धन प्रतिष्ठानको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष गोविन्द राज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाही रहेको थिए । 

 विशिष्ट अतिथिमा  सुदूर पश्चिमका  निवर्तमान आर्थिक मामिला राज्य मन्त्री अमर बहादुर साउँद, घोडाघोडी नगरपालिकाका निवर्तमान उप प्रमुख प्रेम कुमारी थापा रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्यहरू,समाजसेवी, बुद्धिजीवी लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

 कार्यक्रममा बोल्दै अतिथि सुदूर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले घोडाघोडीको विकासको लागी आफू प्रतिबद्ध रहेको बताए । यस क्षेत्रलाई धार्मिक क्षेत्र बनाउन आफू लागी पर्ने उनले बताएका छन् । 

 १६ औ वार्षिक साधारण सभा कार्यक्रममा ४ लाख १८ हजार २० रुपैयाँ बराबरको आय व्यय प्रतिष्ठानका कोषाध्यक्ष राधा पाण्डेले गर्नु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मी प्रसाद न्युरेको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको संचालन विराट् सनातन धर्म संस्कृति संरक्षण संबद्धन प्रतिष्ठानका सचिव शंकर सञ्जालले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने

धनगढी/कैलालीमा सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित होमस्टे गाउँ भादामा प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने

अझै पढ्नुहोस्
समाचार

नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–७ करैचामा नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको अति महत्वको ठुलो चार्डको रूपमा चिनिने माघी

अझै पढ्नुहोस्
समाचार

वीपी राजनीति र साहित्यका पर्याय हुन् : जोशी

कृष्णपुर, भदौ २४- नेपाली काग्रेसका संस्थापक वीपी कोइराला राजनीति र साहित्यका पर्याय भएको नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता लेखराज जोशीले बताएका छन् ।

अझै पढ्नुहोस्
समाचार

वन अतिक्रमण हटाएको २ दिन नबित्दै पुन घरटहरा निर्माण भए

जमुना न्युरे,धनगढि/कैलालीमा बिगतदेखि नै तीब्र वन अतिक्रमण दिन दुगुना रात चौगुना को अतिक्रमण बढेको छ । वन कार्यलयले चर्को आवाज र दबाब आय पछि बन

अझै पढ्नुहोस्