धनगढी/हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीमा ताला लगाइएको छ । शुक्रवार क्रान्तिकारी युवा संगठनले कार्यालयमा तालाबन्दी गरेको हो ।
कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम ६ पटक म्याद थप गर्दा पनि पूरा नगर्ने निर्माण कम्पनीलाई संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाएको संगठनले बताएको छ । कञ्चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवा र बाबा हंस सिद्धिकी शाहीलाई संरक्षण गरेको आरोप संगठनको छ ।