हिमालयन गौरीशंकर डेन्टल एनएफजेएफ मिडिया कप हुने

शेयेर गर्नुहोस

धनगढी/कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा ६ टीमको सहभागीता रहने आयोजकले जनाएको छ । लिककम नकआउटका आधारमा हुने प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा असोज २७ र २८ गते आयोजना गरिन लागेको आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए ।


प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको छ । मुख्य प्रायोन सम्बन्धी सम्झौता पत्रमा हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एसके र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव तथा प्रतियोगिता संयोजक विराज रोस्याराले हस्ताक्षर गरे । सुदुरपश्चिमको पहिलो निजि क्षेत्रबाट हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले डेढ दशकदेखि दन्त सेवा दिदै आएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको सटरमा रहेको क्लिनिकले डेढ दशक अघि सुरु गरिएकोमा हाल दन्त अस्पतालको रुपमा सञ्चालन गरिएको छ ।

सेती प्रादेशिक अस्पतालको सटरबाट सरेर अहिले हिमालयन गौरीशंकर डेन्टल सेन्ट्रल डाईग्लोनिष्ट छेउमा सुविधा सम्पन्न रुपमा अत्याधुनिक दन्त सेवा सहित सञ्चालनमा रहेको सञ्चालक रतनकुमार एसकेले बताए । हिमालयन गौरीशंकर डेन्टल क्लिनिक दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा सञ्चालनमा रहेको छ । दन्त उपचारका लागि कुनै पनि अन्य स्थानहरुमा भौतारिन नपरुन् भनेर सुविधाहरु थपिएका छन् । डेन्टलमा अहिले विशेषज्ञ तथा बरिष्ठ स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन् । विशेषज्ञ दन्त चिकित्सक सहितको सेवा पनि थालेका छन् ।

सस्तो मुल्यमा सेवा दिईरहेका क्लिनिकले असहायलाई पुरै निःशुल्क सेवा दिदैं आएका छन् । दत्न उपचारका लागि हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा माया मेट्रो हस्पिटल रहेको छ । प्रतियोगिता आयोजनामा ज्योती आयल स्टोर, नवजीवन अस्पताल, सनराईज बैंक, एभरेष्ट बैंक, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बोगटान फुडसिल गापा र भैतिक विकास मन्त्रालय बिच सम्झौता

धनगढी/बोगटान फुडसिल गाउँपालिका र सुदुरपश्चिमप्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय बिच पहुँच मार्ग निर्माण गर्ने सम्झौता । सेती र बुढिगगाको दोभानमा निर्माण हुने एस आर6 ४५०

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा फेरि डाेजर चल्याे

टीकापुर/टीकापुर नगरपालिकामा फेरि अर्को पटक डाेजर चलेकाे छ ।साेमबार टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो

अझै पढ्नुहोस्
राजनीति

चुनावमा कुनै दल संग गठबन्धन नहुने : प्रवक्ता पण्डित

माेहित श्रीपाइली,टीकापुर / आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टि र अन्य दल बिच चुनावी गठबन्धन नहुने पार्टी प्रवक्ता दामोदर पण्डितले बताउनु भएको छ । पार्टी प्रवक्ता

अझै पढ्नुहोस्
समाचार

सिकलसेल एनिमिया रोगबाट पीडित तारालाई गरे भलन्मसाहरुले सहयोग

सुखड/सिकलसेल एनिमिया रोग बाट पीडित कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड हिम्मतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएका तारा कुमारी चौधरीले उपचारका लागी आज घोडाघोडी नगरपालिकाको भलमन्साहरु

अझै पढ्नुहोस्