हात्तीपाइले रोग विरुद्ध औषधि सेवन सम्बन्धी अभिमुखिकरण

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी सरोकारवाला निकाय सङ्ग एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ ।

रोग विरुद्धको आम औषधि सेवन अभियान २०७९” सफल पार्नका लागि सरोकारवाला निकायसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । औषधि सेवन अभियान असफल भएपछी कैलालीमा यो अभियान यस पटक पनि जारी रहेको छ । आउदो फागुन ११ गते देखि २५ गते सम्म हात्तीपाइले विरुद्ध आम औषधि सेवन गराइदैछ ।

सुदुरपस्चिमका ९ जिल्ला मध्य कैलाली जिल्ला यो अभियानमा असफल रहेको छ । १० पटक सम्म पनि औषधि सेवन अभियान सफल हुन नसकेपछी कैलाली जिल्लामा ११ औ पटक यो अभियान सुरु हुदैछ । कैलाली जिल्लामा ८४ प्रतिशतलाइ औषधि सेवन गराएको तथ्यांक छ तर सर्भेको टोलिले निरिक्षण गर्दा ४९.६७ प्रतिशतले मात्रै सेवन गरेको दरख स्वास्थ्य चौकिका प्रमुख टेकराज भट्टराईले जानकारी दिए ।

कैलाली जिल्ला यो अभियानमा सफल नहुनुमा प्रमुख कारण घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका रहेको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जगदीश कुस्मिले बताएका छन । घोडाघोडी नगरपालिकामा ८३.८६ प्रतिशत ले सेवन गरेको तथ्यांक छ ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगर उपप्रमुख गुलिया देबि चौधरीले १० औ पटक औषधि सेवन गराउदा पनि सफल नहुनु दुखद रहेको बताइन । यो अभियानमा सहभागी भइ औषधी सेवन गरेर सहयोग गरिदिन सम्पुर्ण नगरबासिलाई उनले आग्रह गरिन ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १ का अध्यक्ष तथा नगर प्रबक्ता घनश्याम ओझाले यो अभियानलाइ सफल पार्नका लागि सबै जना लाग्नु पर्ने बताए । उनले प्रत्यक जनप्रतिनिधिले कुनै पनि कार्यक्रममा जादा केही समय स्वास्थ्यको सवालमा पनि कुरा राख्नु पर्ने बताए । निजि अस्पतालहरु सङ्ग पनि सहकार्य गर्नु पर्ने बताउदै उनले भने,बढी मास हुने ठाउहरुमा गएर अभियान बारे जानकारी दिन आवस्यक रहेको छ । ११ औ पटकमा जिल्लामा अभियान सफल बनाउन सबै जनाले सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।

अभिमुखिकरण कार्यक्रम समापन गर्दै घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले अघिल्ला बर्षहरु भन्दा फरक तरिकाले अभियानलाइ लैजानुपर्ने बताए । अभियान सम्पन्न नहुदा सम्म प्रत्यक विद्यालयमा केन्द्रित हुनुपर्ने बताउदै उनले भने,सबैले आ आफ्नै स्थानबाट सहयोग गर्नु पर्छ तब मात्रै अभियान सम्पन्न हुन्छ ।
कार्यक्रममा वडाध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधि , विभिन्न विद्यालयका प्रतिनिधि लगायतकको सहभागिता रहेको थियो ।

ताजा खबर

Roulette Bonus Canada Safe: A Complete Guide

Neteller Gambling Enterprises Blackjack: Whatever You Need to Know

Mostbet qanday qilib o’z foydalanuvchilari uchun adolatli o’yin va xavfsizlikni ta’minlaydi?

Step-by-step guide to mostbet login for new users

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जानकी गाउँपालिकाका बन्द रहेका सामुदायिक विद्यालय भदौ २६ गते देखि खुल्ने

जानकी/जानकी गाउँपालिकाका बन्द रहेका सामुदायिक विद्यालय खाेल्ने निर्णय भएको छ ।भदौ २४ गते गाउँपालिकाका अध्यक्ष गणेश चाैधरीकाे अध्यक्षतामा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुकाे बैठकले बन्द

अझै पढ्नुहोस्

Vavada казино официальный сайт обзор преимуществ

Обзор преимуществ казино Vavada официальный сайт Среди множества вариантов развлечений в сфере онлайн-гемблинга, ресурсы, подобные Vavada, выделяются рядом преимуществ. Высокое качество программного обеспечения, разнообразие игр

अझै पढ्नुहोस्