११बुदे माग राखी प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी

शेयेर गर्नुहोस

सुखड / कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृतको कार्य कक्षमा तालाबन्दि गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्लाले घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दिपक कुमार आचार्यले नगरपालिका बमोजिमका गतिबिधि गरेको प्रति आपत्ति जनाउदै तालाबन्दि गरेको हो ।

नगरपालिकामा बिकासका अवसर र सम्भावना हुदाहुदै पनि केहि कर्मचारीका कारण गरिने अमर्यादित तथा अशोभनिय गतिबिधिका कारण सधै नगरपालिका विवादको अखडा बनेको भन्दै तालाबन्दि गरेको राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष शिवराज चन्दले बताए ।

युवा संघले ११ बुदे माग राख्दै प्रमुख प्रशाशकिय अधिकृतलाई बिज्ञप्ति बुझाएको छ । संघले सरकारी सवारी साधन मनोमानि ढंगले दुरुपयोग गरेको,समयमा गरेको बिज्ञापनलाई आफु अनुकुल नहुदा स्वास्थयको परिक्षा हुदाहुदै बहाना बनाई स्थगित गरिएको,नगर कार्यपालिकालाई बन्धकमा राखि समयमा नगर सभा नगरेको, मनोमानि ढंगले योजना बाडफाड गरी समग्र नगरको गौरवका दिर्घकालिन योजनालाई राष्टिय योजना आयोगमा सिफारिस नगरेको,कार्यलय प्रमुख आफ्नो हैसियतमा नबसि नगरबासिलाई च्यालेन्जिङ शब्द प्रयोग गरि नगर कार्यपालिकालाई सामाजिक सञ्जालमा बदनाम गरेको ,नियम अनुसार ठेक्का पट्टा नगरि मनोमानि ढंगले ठेक्का कोटेसनमा लिने दिने र मनोमानि राजस्व उठाउदा समेत एक्सन नलिएको,कर्मचारीको सरुवा हुनु स्वभाविक हो,तर क्वाटर नछोड्नु च्यालेन्ज गर्नु राति राति फोन गरि अरुलाई हैरान पार्नु,विधि विधानमा नबस्नु रमाना नबुझ्नु नैतिक पतन कार्यगर्नु कर्मचारीलाई समयमा तलब भत्ता नदिनु जस्ता कार्यमा ध्यानाकर्ष गरेको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मागहरु सम्बोधन नभए सम्म तालाबन्दि नखोलिने जिल्ला संघका अध्यक्ष चन्दले बताएका छन ।

ताजा खबर

Winzter Free Spins Play’n GO Must-Try Slots

The Rise of Neteller Live Casino Sites: A Comprehensive Guide

Rated poker machines Australia for discerning punters

Finest Online Casino Site Real Money: An Overview to Picking the Right System

Play Slot Machine Free Online: The Ultimate Guide to Online Slot Machines

The Best Slot Machines To Play Inside Year”

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अन्तरास्ट्रिय

अन्तर्राष्ट्रिय जैविक विविधता दिवश सम्पन्न

सुखड /जमुना न्युरे ,कैलाली जिल्लाको भजनी नगरपालिका वडा न ९ मा जनज्योती सोनीया सामुदायिक वनको रहेको सोनीया ताल परिसरमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको

अझै पढ्नुहोस्