स्वास्थ्यकर्मिहरुलाई हाजिर गर्न नदिए पछि धर्ना सुरु

शेयेर गर्नुहोस

धनगढी- धनगढी उपमहानगरपालिकाले समायाेजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दाेलित भएका छन्।

कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धि मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म उप-महानगरपालिकामा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रम अनुसार कामकाज गरिरहेकाे कर्मचारीहरुलाई साउन १ गते काज फिर्ता गरिएको भन्दै उपमहानगर पालिकाले पत्राचार गरेको थियो ।

यता कर्मचारीहरुले समायोजन भयर काम काज गरि रहेका कर्मचारीहरु लाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएकाे भन्दै उनीहरुले पुन उपमहानगर पालिकामा काम गर्ने वातावरण बनाई दिन सबै पक्षलाइ आग्रह गरेका छन् ।

उपमहानगरबाट अन्याय भएकाे भन्दै स्वास्थ्यकर्मीहरू आन्दाेलित बनेका हुन्। उनीहरूले साेमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्।

नयाँ आर्थिक वर्ष सुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएकाे थियाे।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

होमस्टेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा दहित

धनगढी/कार्यक्रममा प्रकृति सस्कृती र पर्यटन नेपालको पहिचान सकृती मुलुक निर्माण होमस्टेको अभियान भन्ने मुल नाराका साथ सुरु भयको होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेश स्तरिय पर्यटन

अझै पढ्नुहोस्
समाचार

३ दिने बेमौसमी तरकारी खेती तालिम सुखडमा सुरु

सुखड/घोडाघोडी नगरपालिका वडा १ सुखडमा आज देखि तिनदिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।निर्धन उत्थान लघुवित्त बितिय सस्थां लिमिटेड साखा कार्यलयले सुखडले आफ्ना

अझै पढ्नुहोस्