सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि क्यान्सर शिविर सुरु

शेयेर गर्नुहोस

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि क्यान्सर शिविर सुरु भएको छ । अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले सुदूरपश्चिमका क्यान्सरका सम्भावित बिरामीहरूको परीक्षण सुरु भएको बताए ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरूले धनगढीमा क्यान्सरका बिरामीहरुको परीक्षण, उपचार तथा शल्यक्रिया गर्नेछन् । जटिल प्रकृतिका बिरामीहरूलाई विपी कोइराला क्यान्सर अस्पताल बोलाइनेछ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप-निर्देशक युरोलोजिस्ट डाक्टर उमेश नेपालका अनुसार सेती अस्पतालमा महिनाको एक दिन शिविर सञ्चालन हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिना शिविर सञ्चालन गर्नेछ ।

ताजा खबर

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

Casino Bewertung App: Alles, was Sie wissen müssen

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एमालेको प्रदेश अधिबेशन को तयारी पुरा

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी सकिएको छ । असोज २१ र २२ गते हुने प्रथम प्रदेश अधिवेशनको तयारी सकिएको शनिबार पत्रकार

अझै पढ्नुहोस्