सुदूरपश्चिम प्रदेशमा तीन दिने प्रदेश युवा सम्मेलन सम्पन्न

शेयेर गर्नुहोस


धनगढी/उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेशले आयोजना गरेको तीन दिने प्रदेश युवा सम्मेलन शनिबार धनगढीमा सम्पन्न भएको छ । 

नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेश संयोजक बसन्ती सापकोटाको सभापतित्वमा सम्पन्न भएको प्रदेश युवा सम्मेलनमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशी प्रमुख अतिथि रहेका थिए । त्यसैगरि कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानिया, अतिथिहरुमा जिआईजेडका प्रतिनिधि कृष्ण मल्ल लगायत रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशीले प्रदेश सरकार संग युवाहरुका मागहरुका सम्बन्धमा आफूले सक्दो पहल गर्ने बताए । उनले प्रज्ञा प्रतिष्ठानले युवाहरुका हकहितका सम्बन्धमा सदैव सहयोग गर्ने तत्पर रहेको जानकारी दिए । 

तीन दिन सम्म संचालन भएको सम्मेलनमा युवाका विभिन्न क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका विज्ञहरुले कार्यक्रममा सहभागी युवाहरुलाई प्रशिक्षण दिएका थिए । 

सम्मेलनले १४ बुँदे धनगढी घोषणापत्र जारी गरेको छ । नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाले उक्त घोषणा पत्रलाई स्थानिय सरकार, प्रदेश सरकारलाई बुझाउने जनाएको छ । 
तीन दिन सम्म संचालन भएको युवा सम्मेलनले समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको थियो । सम्मेलनमा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका २ सय भन्दा बढी युवाहरुको कार्यक्रममा सहभागिता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी –३ को वडा भवनको उद्घाटन

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा रहेका वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको सोमबार नगर प्रमुख खडक बहादुर रावत र उप–प्रमुख गुलिया

अझै पढ्नुहोस्
खेलकुद

धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स

अझै पढ्नुहोस्
समाचार

दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीको आयोजनामा शिवपुरी धाम सरसफाई

धनगढी, / दशरथचन्द बैतडी समाज कैलालीले धनगढी ४ मा पर्ने शिवपुरी धामको सरसफाई गरेको छ । प्रसिद्ध धार्मिक स्थल शिवपुरी धामको पर्खाल भित्र रहेको क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

नेतृत्वतहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड

अत्तरिया नेतृत्व तहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड गरिएको छ । आज (मंगलबार )बाट डोटीको दिपायलमा सुरु भएको पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभाका

अझै पढ्नुहोस्