अत्तरियाको सुकुम्बासी बस्तिमा सुकेका सालका रुख काट्न सुरु

शेयेर गर्नुहोस

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको जित्तलपुर सुकुम्वासी बस्तीमा रहेका सुकेमा सालका रुख काट्न सुरु गरिएको छ । लामो समय देखि सुकेका रुख मुनी रहेको उक्त बस्ती रुखका कारण जोखिममा रहेको थियो । डिभिजन वन कार्यालयको जोखिमयुक्त रुखको व्यवस्थापन गर्न बनेको समितिको निर्णय अनुसार हाल रुख काट्न सुरु गरिएको हो । सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कँडेलले डिभिजन वन अधिकृतको संयोजकत्वमा बनेको समितिको निर्णय अनुसार हाल १० वटा रुख काटिएको बताए । उनले काटिएका रुख लिलाम प्रक्रियामा गइसकेको बताए ।

उनले थप १० रुख कटानको लागि छपानको काम सकिएको बताए । ११२ घरधुरी सुकुम्वासी परिवारको बसोबास रहेको उक्त बस्तीमा ५७ वटा सुकेका सालका रुख रहेका छन् । सुरक्षा सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले १०÷१० वटा रुखको अनुमति लिएर काट्न सुरु गरिएको बताइन् । उनका अनुसार एकै पटक धेरै रुख काट्न अनुमति दिन नमिल्ने भएकाले १०/१० वटा रुखको अनुमति लिएर काट्न थालिएको हो ।

वर्षैदेखि सुकेका रुख मुनी बस्ती बसेका कारण हावाहुरी चल्ने समयमा जोखिम हुने गरेको स्थानीयको भनाइ छ । जित्तलपुर बस्तीकी अध्यक्ष फुलमती चौधरीले रुख काट्न सुरु भएपछि बस्ती सुरक्षित हुने बताइन् । उनले बस्तीमा हावाहुरी चल्ने समयमा रुखका हाँगा खसेर धेरै मानिस घाइते भइसकेको बताइन् ।

‘रुखले गर्दा बस्ती निकै जोखिममा थियो । यहाँ रुखका हाँगा खसेर एक जनाको मृत्यु समेत भइसकेको छ’ उनले भनिन् ‘रुख काटिएपछि बस्ती सुरक्षित हुने भयो ।’ वन अतिक्रमण गरेर बसेका ११२ घरघुरीलाई ८ वर्ष अघि सो क्षेत्रमा बसाइएको थियो । जसमा २२ परिवारलाई मोहना अत्तरिया ६ लेन सडकको छेउमा लालपुर्जा दिएर बसाइएको छ भने बाकी परिवारलाई रोड भन्दा पछाडिको भागमा प्लटिङ गरेर ६/६ धुरका दरले जग्गा उपलब्ध गराइएको छ । हाल लालपुर्जा नपाएका परिवारलाई भूमि आयोग मार्फत जग्गा उपलब्ध गराउन फारम भरिएको छ ।

हाल उनीहरू बसेको क्षेत्र सुरक्षा सामुदायिक वनमा नपर्ने सुरक्षा सामुदायिक वनकी अध्यक्ष भण्डारीले बताइन् । सुरक्षा सामुदायिक वनमा अतिक्रमण गरेर बसेका उनीहरूलाई ८ वर्ष अघि सो क्षेत्रमा बसाइएको थियो । जुन क्षेत्र राष्ट्रिय वनमा पर्ने बताइन्छ ।

वन नियमावली २०७९ अनुसार जोखिमयुक्त रुखको व्यवस्थापनका लागि डिभिजन वन अधिकृतको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय अधिकृत प्रतिनिधि, जिल्ला मालपोत कार्यालय अधिकृत प्रतिनिधि, जिल्ला नापी कार्यालयको अधिकृत प्रतिनिधि, प्रहरी कार्यालयको अधिकृत प्रतिनिधि र सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा अध्यक्ष सदस्य रहने गरी समिति गठन गरिएको छ ।

उक्त समितिले वन क्षेत्र बाहेक जग्गाधनी प्रमाण पुर्जा नभएका सरकारी कार्यालय, समिति, संस्थान, अन्य कार्यालय परिसरमा वा नवक्षेत्रमा बाहेकका बाटोमा छहारी पर्ने, चौतारी, मुहान धार्मिक स्थल, सार्वजनिक स्थल वा अन्य स्थानमा जोखिम अवस्थामा रहेका रुख तत्काल नहटाएमा जनधनको क्षति हुने देखिएमा समितिको निर्णय गरी हटाउन मिल्ने व्यवस्था गरिएको छ ।

हाल समितिबाट निर्णय गरेर बस्तीमा रहेका रुख काट्न थालिएको भए पनि सुरक्षा सामुदायिक वन भित्र रहेका अन्य सुकेका रुख कुहिने अवस्थामा पुगेका भए पनि अनुमति नपाउँदा काटिएका छैनन् । वनकी अध्यक्ष भण्डारीले सुकेका रुख काट्न पटक पटक मन्त्रालय सम्म धाउँदा पनि अनुमति नपाइएको बताइन

ताजा खबर

Yaamava Casino: Overview and Amenities

Czym jest Coins Game Casino – grę hazardową w kasynie

Lorigine de Chicken Road en jeu de casino

Co to jest Coins Game Casino?

Omkring Chicken Road: En Oversigt over Kasinospillets Aspekt

Czym jest Chicken Road w kontekście hazardu

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलाली निर्वाचन क्षेत्र–३ का उम्मेदवार भीम बडूवाल को हुन् ?

सुखड/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली काँग्रेसका उम्मेदवार भीम बडूवाल काँग्रेसका अनुभवी, सङ्घर्षशील तथा विकासमुखी नेता

अझै पढ्नुहोस्

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्