सुदूरपश्चिममा मलको चर्को अभाव, किसान आक्रोसित

शेयेर गर्नुहोस

डोटीः गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् । असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धानखेती बगाएपछि के खाने भन्ने चिन्तामा परेका किसानलाई अब गहुँ छर्ने बेलामा युरिया मल नपाउँदा झनै चिन्ता थपिदिएको छ । 

गहुँ छर्ने बेलामा पनि यहाँका किसानले आवश्यक मल पाएका छैनन्। युरिया मल नपाउँदा सोचेजस्तो उत्पादन नहुने चिन्ता उनीहरूमा देखिएका छन्। मल ल्याउनका लागि सम्बन्धित निकायमा पटकपटक आग्रह गर्दासमेत मल नल्याएको भन्दै किसान आक्रोसित बनेका छन्। अहिले डोटीसहित समग्र सुदूरपश्चिममा युरिया मल अभाव भएको छ। धान पसाउने बेलामा पनि मल नपाएको र अहिले गहुँ छर्ने बेलामा पनि मल अभाव भएपछि गहुँ बाली पनि नसप्रिने दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी तथा व्यापारी धनबहादुर शाहीले बताए। उनले भने, “धानखेती बेलामा मल पाएनौँ, बेमौसमी वर्षाले धान बगाइदियो, अब गहुँखेतीका लागि मल माग्दासमेत पाइँदैन, किसानले के गरी खाने।”

जिल्लामा मल आपूर्तिको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले भैरहवाबाट मल नआएका कारण मल अभाव भएको बताउँदै आएको छ। मलका लागि भैरहवा कार्यालयमा पटकपटक आग्रह गर्दासमेत ठेकेदारको लापरवाहीले मल आयात हुन नसकेको कम्पनीको दाबी छ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !