थपिए ३०६ कोरोना संक्रमित ,६ जनाको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमण पुष्टी भएका ६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्य ११ हजार ४ सय ७७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा ७६ जना, ललितपुरमा २९ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । साभार :Meronews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Gewinnchancen bei den Slot-Maschinenspielen im WISHWIN CASINO

Pin Up Russia: Как бренд завоевал казахстанский гемблинг

Limplémentation de Chicken Road dans les jeux dargent en ligne

What is Paddy Power Casino?

Overview of SmokAce Casino Gaming Options and Services

What is AllySpin Casino? Overview of its Features and Services.

सम्बन्धितखवर

छुटाउनु भयो कि !