सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा

शेयेर गर्नुहोस

अत्तरिया/प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया, कैलालीको आयोजनामा जेठ ११-१२ गते सम्पन्न हुने सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको छ। पढौँ पढाऔँ निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔँ,सबल समाजको आधार पुस्तकालयको बिकास र बिस्तार।

एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान भन्ने मुल नाराका साथ सुदुर पश्चिम् प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको भब्य तथा सम्पुर्ण तयारी पूरा भएको सम्मेलनको उद्घाटन सुदुर पश्चिम् प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले गर्नुहुने र उक्त सम्मेलनलाई सफल पार्न विभिन्न उप समितीहरु गठन गरिएको छ। जसमा सांस्कृतिक संयोजक लिलाधर बाँस्कोटा,आवास तथा भोजनालय संयोजक धर्म सिं कुँवर,अतिथी सत्कार तथा मंन्च ब्यवस्थापन संयोजक कमला भट्टराई र प्रतिनिधि ब्यवस्थापन तथा समन्वय संयोजक भुपेस जोशी लाई जिम्मेवारी प्रदान गरिएको र कार्यक्रमको तालिकाहरु तयारी अवस्थामा रहेको पुस्तकालयका अध्यक्ष पुस्पराज जोशीले बताउनु भएको छ।


सम्मेलनमा सुदुर पश्चिम् प्रदेशका ९ वटै जिल्ला मध्ये पहाडी जिल्ला बाट १-१ जना र कैलाली कंन्चनपुरका सामुदायिक पुस्तकालय बाट २-२ जना ब्यक्तिको प्रतिनिधित्व रहने गरि सुदुर पश्चिम् प्रदेश भित्रका ३० वटा सामुदायिक पुस्तकालयहरुको प्रतिनिधित्व हुनेछ। उक्त सम्मेलनलाई सुदुर पश्चिम् प्रज्ञा प्रतिस्ठान,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय,सामाजिक बिकास मन्त्रालय,नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपालको समन्वय/सहकार्यमा सो कार्यक्रम हुन लागेको कार्यसमिति सदस्य तथा प्रतिनिधि ब्यवस्थापन उप-समिती सदस्य हेमन्त राज जोशी(बाजे) ले जानकारी दिनु भएको छ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा जोशी

धनगढी, २७ माघ / सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको कमिटी चयन भएको छ। कमिटीको अध्यक्षमा पत्रकार पुष्पराज जोशी निर्वाचित हुनुभएको छ। धनगढी १६ मा रहेको

अझै पढ्नुहोस्
समाचार

स्थापन दिवसमा हरित संकल्प : N-FECOFUN ले गर्यो वृक्षरोपण

धनगढी /कैलालीको धनगढी उपमहानगरपालिका–१४ एच गाउँस्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहमा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (N-FECOFUN) को चौथो स्थापना दिवसको अवसरमा भव्य वृक्षरोपण

अझै पढ्नुहोस्