सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा जोशी

शेयेर गर्नुहोस

धनगढी, २७ माघ / सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको कमिटी चयन भएको छ। कमिटीको अध्यक्षमा पत्रकार पुष्पराज जोशी निर्वाचित हुनुभएको छ।

धनगढी १६ मा रहेको भादा होमस्टेको सभाहलमा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट जोशीको अध्यक्षमा प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

महासंघको उपाध्यक्षमा चन्द्रकान्त पनेरु र इन्द्रा दानपाली निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा निराजन परियार, सचिवमा मनिस बिक र सुशीला भट्ट, कोषाध्यक्षमा रसुता जैरु निर्वाचित भएका हुन् ।

सदस्यहरुमा देवराज बडु, निरज धामी, इन्द्रा धामी,विवेक नागरी, एकेन्द्र चन्द, ईश्वर जैसी, र अर्जुन सिंह सर्वसम्मत निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमिति मध्य अन्य सदस्यहरुलाई कार्यसमितिले मनोनित गर्ने निर्णय भएको छ।

नवनिर्वाचित कार्यसमितिले नागरिकको सूचनाको हक प्रत्याभूति हुने गरेर काम गर्ने अध्यक्ष जोशीले बताए । उनले संविधानले सुरक्षित गरेको सूचनाको हक कार्यान्वयनका लागि अभियाननै सञ्चालन गरिने बताउँदै यो अभियान नागरिक केन्द्रित हुने बताए ।

ताजा खबर

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

Spinboss Bonus nicht gutgeschrieben: Checkliste zur Fehlerbehebung

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलाली कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

धनगढी । कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी

अझै पढ्नुहोस्