TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

सुखडमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने

शेयेर गर्नुहोस

सुखड । कैलालीको घोडाघोडी नगपालिका–१ सुखडमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र खेल क्षेत्रमा युवा वर्गको स्फूर्ति बढाउनुको लागी दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको हो । वडा अध्यक्ष कप सञ्चालक समितिको आयोजना तथा वडा नम्बर १ को आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । यही चैत्र १० गते देखी प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

प्रतियोगितामा वडा न १ भित्र पर्ने टोलहरू तथा युवा क्लबहरूको टिम सहभागिता रहने वडा अध्यक्ष कप सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र शाहीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमले ३० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद १५ हजार सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी गराए ।

साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पुरस्कारको व्यवस्था समेत रहेको वीरेन्द्र शाहीले जानकारी दिए । चैत्र १० गते बाट चल्ने प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने वडा अध्यक्ष कप सञ्चालक समितिका सचिव धर्मेन्द्र विष्टले बताए । यस्ता खेलहरूले युवा वर्गको स्फूर्ति बढ्नुका साथै मनोरञ्जन पनि हुने उनको धारण रहेको थियो ।

लागू औषध न्यूनीकरणमा जोड तथा युवा,बालबालिका लाई खेलकुदको माध्यम बाट देश विदेश सम्म चिनाउने सोचका साथ प्रतियोगिता सञ्चालन हुन लागेको उनले जानकारी दिए । यसैबिच प्रतियोगिताको तयारीलाई तीव्र पारेको उनले बताए । पत्रकार सम्मेलनमा घोडाघोडी क्लबले दुई थान फुटबल वडा अध्यक्ष कप सञ्चालक समितिलाई हस्तान्तरण समेत गरेको छ ।

प्रतियोगितामा सहभागिताका लागि इच्छुक सबै टोल तथा युवा क्लबहरूले चैत्र ९ गते सम्ममा टिम दर्ता गर्न समितिले आग्रह गरेको छ । टिम दर्ता निःशुल्क रहेको र खेल बेलारमा रहेको लाली गुराँस युवा क्लबको खेल मैदानमा खेलाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

रा.मा.बि सुखडको बजारको पूर्व पट्टिमा कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बजारको पूर्व पट्टिमा रहेको कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको

अझै पढ्नुहोस्
समाचार

गृहमन्त्री अर्यालले जेन्जि आन्दोलनका क्षतिग्रस्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थलगत निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन्जि आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थलगत निरीक्षण गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन

अझै पढ्नुहोस्