जमुना न्युरे,सुखड / कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ९ फारम क मा रहेको सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समुहको १४ औ साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाको प्रमुख अतिथीको आशन बाट बोल्दै घोडाघोडी नगरपालिका नगरप्रमुख खडक रावतले भने सामुदायिक बनले यसरी सधारणसभा समयमा गर्नु राम्रो हो , प्रत्येक बर्ष गरियका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग पनि गर्दा स्थानीय ले सहज रुपमा दाउरा , घाँस , स्याउला पाइने भयको छ ।
सामुदायिक बनको सफलता भन्नाले त्यो समुहका उपभोक्ताहरु जिबिको पार्जन भएमा , चोरिसिकारी नियन्त्रण भएमा ,वन्यजन्तु सरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि पनि हामिले आफै चाहाना राख्नु पर्ने जोड दिए।

, सामुदायिक बनले आर्थिक रुपमा बिपन्न भयकालाइ बिद्यार्थीलाई छात्रवृत्तिको ब्यबस्था , छाडा पसुको ब्यबस्थापनका लागि सामुदायिक बनका उपभोक्ता हरु पालन गरेमा कृषिका लागि आवश्यक पर्ने रासायनिक मल भन्दा कम्पोस्ट मल हाल्दा कृषि बालिनाली राम्रो हुने बताए । उनले भने यसरी गाई पालन गर्नेलाइ केही सुबिधा नगरपालिकाले पनि दिने र सामुदायिक बनले पनि दिन आग्रह गरे । , जुन काम गर्छौ आफ्ना नानिबाबुहरु को सुन्दर भबिस्य का लागि गरिन्छ , स्थानीय तहको मात्र होइन सबै को लगानी शिक्षामा हुनु पर्छ,
एकै कान्दा नदिले ६ वटा वडालाइ दुख दियको छ ,यो नियन्त्रणका लागि नगरपालिकाको कनिके बजेट काम गर्न सक्दैन , त्यसका लागि विशेष बजेट छुट्याउनका लागि सघिय सरकारलाई आग्रह गरेका छौ ,

कार्यक्रममा सुभकामना दिदै सब डिभिजन बन कार्यलयका सुखडका प्रतिनिधि जुगराम चौधरीले भने सामुदायिक बनले बिधान अनुसार काम गर्नु पर्छ चोरिसिकारी नियन्त्रण, वन्यजन्तुको बासस्थान सुबार्सिक आम्दानी ३५ % सामुदायिक बन बिकासमा , २५% गरिबी न्यूनीकरणमा बाकी रहेको बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम प्रयोग गर्न सक्छ समुह पार्दशिर्ताका आधार राम्रो गर्नु पर्ने जोड दिए ।
तेस्त शुभकामना मन्तब्य घोडाघोडी नगरपालिका वडा अध्यक्ष हरिचन्द्र साह ,करण साउद लगायतले शुभकामना दियका थिय ।
कार्यक्रममा समुहका सह सचिब कृष्ण कुवर कार्यप्रगती प्रतिबेदन र आर्थिक बर्ष २०७८/२०७९ को ६५ लाख ५२ हजार १ सय बयानब्बे रुपैया बराबर को बार्सिक आयब्याय प्रस्तुत गरेका थिय ।
सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष देब बहादुर सार्कीको सभापतिमा भयको थियो ।
कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख खडक रावत सम्मान गरेको थियो ।
र राष्ट्रिय आधारभुत बिध्यालय फारमका शिक्षैक बर्ष २०७८ कक्षा १ देखि ८सम्म प्रथम ,द्वितीय , तृतीय हुने बालबालिकाहरुलाई पुरुस्कार दियको थियो ।