TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

सरोकारवाला निकाय सङ्ग समन्वयात्मक बैठक सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस को अवसरमा को पुर्ब सन्ध्यामा कैलाली जिल्ला को धनगढीमा पछिल्लो समयमा मानव बेचबिखन अवस्थाको बारेमा सरोकारवाला निकाय सङ्ग समन्वयात्मक बैठक आज सम्पन्न भएको छ ।


हाम्रो आवाज “चेलीबेटी बेचबिखन बाट मुक्त समाज , सामाजिक न्याय र आर्थिक शसक्तिकरण मानव बेचबिखन निमुर्लन ” मुख्य नाराका साथ भएको
कार्यक्रममा मानव बेचबिखन नियन्त्रणका लागि प्रहरी कर्मचारी ,स्थानीय निकाय तथा सरोकारवाला सघ सस्थाहरु सङ्ग समन्वय बैठक सम्पन्न भएको छ ।

कार्यक्रममा माइती नेपालले आफुले मानव बेचबिखनको क्षेत्रमा गरिएको बाषिक कार्यपत्र सस्थाका प्रमुख शिबचरण चौधरीले पस्तुत गरेका थिए ।
कार्यपत्रमा आगामी योजनामा मानव बेचबिखन विरुद्धको अभियान सुचना तथा संदेश मुलक कार्यक्रमहरु गर्ने , जोखिम क्षेत्रका लक्षित समुहमा आर्थिक शसक्तिकरण कार्यक्रमहरु सन्चालन गर्ने , सिमा निगरानी सुरक्षा जाच बढाउने , समस्यामा परेका लाई समाजमा कसरी पुनःस्थापन गर्ने , अन्तर्राष्ट्रिय र राष्ट्रिय गैसरकारी सरोकारवाला निकायहरु समन्वयात्मक भुमिका खेल्ने लगायत कार्यक्रम गर्ने रहेको बताए ।

कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै धनगढी उपमहानगर पालिका उपप्रमुख कन्दकला रानाले मानव बेचबिखनको मुद्दामा आफू सधै संबेदनसिल रहेको ,आफ्नो अधिकारले भ्याए सम्म यस्ता महिला हिसा , बालबिबाहा , घरेलुु हिसा , मानव बेचबिखन मा परेका हरुका लागि समस्या समाधान नहुदा सम्मको लागि पुनस्थापनाका लागि पहल , सेभ हाउस निर्माण भै सकेको छ ,सिमामा निगरानी बढाउने बताए ।
तेस्तै कार्यक्रममा बोल्दै इन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडक राज जोशीले विभिन्न सघं सस्थाहरु र स्थानीय तह र सरकारी निकाए सङ्ग समन्वय नभयको , मान्छेको बिक्रि हुदा पनि हामी क्ष्रोत साधन नभएको कारण हामी पछाडि परेको बताए ।यस्ता घटना दिनहु बढी रहेको समयमा सरकारले सिमा क्षेत्रमा नाकामा प्रभावकारी अनुगमन हुने नगरेको , घट्नाको सुक्ष्म रुपमा अनुगमन गर्न र शान्ती सुरक्षा गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कैलाली बालबालिका तथा महिला सेल प्रमुख प्रहरी निरीक्षक सरस्वती अधिकारिले महिला सेलमा बालबिबाह , मानव बेचबिखन मुद्दा दर्ता कम भएको छैन प्रहरीले पनि घटना को प्रमाणको सुरक्षा र बयानको पनि सुरक्षा गर्न सकिएको छैन ।यो आर्थिक बर्षमा ५५ वटा मानव बेचबिखन हुन बाट बचाएर घरपरिवार सङ्ग पुन स्थापना गरायको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !