सरोकारवाला निकाय सङ्ग समन्वयात्मक बैठक सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस को अवसरमा को पुर्ब सन्ध्यामा कैलाली जिल्ला को धनगढीमा पछिल्लो समयमा मानव बेचबिखन अवस्थाको बारेमा सरोकारवाला निकाय सङ्ग समन्वयात्मक बैठक आज सम्पन्न भएको छ ।


हाम्रो आवाज “चेलीबेटी बेचबिखन बाट मुक्त समाज , सामाजिक न्याय र आर्थिक शसक्तिकरण मानव बेचबिखन निमुर्लन ” मुख्य नाराका साथ भएको
कार्यक्रममा मानव बेचबिखन नियन्त्रणका लागि प्रहरी कर्मचारी ,स्थानीय निकाय तथा सरोकारवाला सघ सस्थाहरु सङ्ग समन्वय बैठक सम्पन्न भएको छ ।

कार्यक्रममा माइती नेपालले आफुले मानव बेचबिखनको क्षेत्रमा गरिएको बाषिक कार्यपत्र सस्थाका प्रमुख शिबचरण चौधरीले पस्तुत गरेका थिए ।
कार्यपत्रमा आगामी योजनामा मानव बेचबिखन विरुद्धको अभियान सुचना तथा संदेश मुलक कार्यक्रमहरु गर्ने , जोखिम क्षेत्रका लक्षित समुहमा आर्थिक शसक्तिकरण कार्यक्रमहरु सन्चालन गर्ने , सिमा निगरानी सुरक्षा जाच बढाउने , समस्यामा परेका लाई समाजमा कसरी पुनःस्थापन गर्ने , अन्तर्राष्ट्रिय र राष्ट्रिय गैसरकारी सरोकारवाला निकायहरु समन्वयात्मक भुमिका खेल्ने लगायत कार्यक्रम गर्ने रहेको बताए ।

कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै धनगढी उपमहानगर पालिका उपप्रमुख कन्दकला रानाले मानव बेचबिखनको मुद्दामा आफू सधै संबेदनसिल रहेको ,आफ्नो अधिकारले भ्याए सम्म यस्ता महिला हिसा , बालबिबाहा , घरेलुु हिसा , मानव बेचबिखन मा परेका हरुका लागि समस्या समाधान नहुदा सम्मको लागि पुनस्थापनाका लागि पहल , सेभ हाउस निर्माण भै सकेको छ ,सिमामा निगरानी बढाउने बताए ।
तेस्तै कार्यक्रममा बोल्दै इन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडक राज जोशीले विभिन्न सघं सस्थाहरु र स्थानीय तह र सरकारी निकाए सङ्ग समन्वय नभयको , मान्छेको बिक्रि हुदा पनि हामी क्ष्रोत साधन नभएको कारण हामी पछाडि परेको बताए ।यस्ता घटना दिनहु बढी रहेको समयमा सरकारले सिमा क्षेत्रमा नाकामा प्रभावकारी अनुगमन हुने नगरेको , घट्नाको सुक्ष्म रुपमा अनुगमन गर्न र शान्ती सुरक्षा गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कैलाली बालबालिका तथा महिला सेल प्रमुख प्रहरी निरीक्षक सरस्वती अधिकारिले महिला सेलमा बालबिबाह , मानव बेचबिखन मुद्दा दर्ता कम भएको छैन प्रहरीले पनि घटना को प्रमाणको सुरक्षा र बयानको पनि सुरक्षा गर्न सकिएको छैन ।यो आर्थिक बर्षमा ५५ वटा मानव बेचबिखन हुन बाट बचाएर घरपरिवार सङ्ग पुन स्थापना गरायको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

बेलैमा बुद्धि नपुर्‍याए फेरि रुन पनि पाइने छैन

रेशम चौधरी,स्थानीय निर्वाचनको तरंगले हाम्रो देश ढाकिसक्यो। सहरका हलहरु राजनीतिक कार्यक्रमले भरिभराउ छन्। गाउँका गल्लीहरुमा ठडिएका वृक्षहरु राजनीतिक झण्डाले रंगीन छन्। बस्तीका झुपडीहरुमा समेत दलका

अझै पढ्नुहोस्
समाचार

सामुदायीक वनमा भएको भष्ट्र्र्र्रचार लुकाउनका बाँडीयो रकम

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको चुरे गाउँपालिका वडा न४ बालुवागडामा रहेको शिवपार्वती सामुदायीक वन उपभोक्ता समुहमा आर्थिक अनियमीता भएको पाइएको छ । सामुदायीक वनले वार्षीक

अझै पढ्नुहोस्
समाचार

नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–७ करैचामा नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको अति महत्वको ठुलो चार्डको रूपमा चिनिने माघी

अझै पढ्नुहोस्
समाचार

मुर्गहुवामा अजिङ्गर फेला

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ११ मुर्गहुवा गाउँमा घर छेउमा अजिङ्गर फेला परेको छ । श्री राम जानकी सामुदायिक वन उभोक्ता समूह घोडाघोडी नगरपालिका -११ मुर्गहुवामा

अझै पढ्नुहोस्