सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक

शेयेर गर्नुहोस


धनगढी/धनगढीमा नयाँ बर्षको अवसरमा हुन गईरहेको फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टर बनेको छ ।

फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा आगामी चैत २७ र २८ गते हुने मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिता २०८३ प्रतियोगिताको मुख्य प्रायोजकमा धनगढीमा अत्याधुनिक र विश्वस्तरीय प्रजनन सेवा दिन सुरु गरेको सन्तति आईभिएफ सेन्टर बनेको हो । सेन्टर मुख्य प्रायोजक बनेसँगै प्रतियोगिताको नाम सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कप हुने भएको छ ।

नयाँ वर्ष २०८३ को शुभ अवसरमा समाजमा आपसी सद्भाव, भाइचाराको भावना अभिवृद्धि गर्ने तथा विभिन्न संघ–संस्थाबीच सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजनाको तयारीमा रहेकोमा सन्तति आईभिएफ सेन्टरले मुख्य प्रायोक बने साथ दिएको प्रतियोगिताका संयोजक नवीन अधिकारीले जानकारी दिए । फ्ल्याटल्याण्ड फुटसलमा हुने प्रतियोगितामा विभिन्न संघ संस्था, निजि संघसंस्थाहरुका साथै फर्महरुका टीमले भाग लिन पाउने छन् । प्रतियोगितामा ३० बर्ष उमेर पुगेका संघ संस्थाका पदाधिकारी र कर्मचारीहरुले मात्रै खेल्न पाउनेछन् । प्रतियोगिताको विजेतालाई नगद ३० हजार तथा उपविजेतालाई नगद १५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक अधिकारी बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक बनेको सन्तति आईभिएफ सेन्टरले उत्कृष्ट प्रजनन केन्द्र निर्माण गर्दै निसन्तान दम्पतिको सन्तान प्राप्त गर्ने सपनालाई साकार बनाउन धनगढीमा सेवा सुरु गरेको छ । सन्तान प्राप्तिमा समस्या झेलिरहेका दम्पतीहरूलाई लक्षित गर्दै स्थापना भएको केन्द्रले विश्वस्तरीय प्रजनन सेवा र आत्मीय हेरचाह प्रदान गर्ने जनाएको छ ।

केन्द्रमा आईभिएफ, आईयुआई, बाँझोपन सम्बन्धी सम्पूर्ण परीक्षण तथा परामर्श सेवा उपलब्ध रहेको छ । अनुभवी विशेषज्ञ चिकित्सकको टोली, आधुनिक प्रयोगशाला, र अत्याधुनिक प्रविधिको प्रयोग मार्फत सेवाग्राहीलाई गुणस्तरीय उपचार दिईरहेको सेटरले जनाएको छ । सन्तति आईभिएफ सेन्टरले विशेषगरी सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै सहज र भरपर्दो सेवा उपलब्ध गराउने बताएको छ । अब प्रजनन उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ । केन्द्रमा बिरामीमैत्री वातावरण, गोपनीयताको पूर्ण सुनिश्चितता, र मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध रहेको जनाइएको छ । सेवाग्राहीलाई सहज बनाउन विशेष प्याकेज, नियमित स्वास्थ्य जाँच, र विशेषज्ञसँग प्रत्यक्ष परामर्शको व्यवस्था पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Experience the Glamour of Queen Vegas Slots Online Gaming

Pratique actuelle pour les joueurs avisés avec playjonny casino et bonus exclusifs

Innovative Strategien ermöglichen playjonny und langfristigen Erfolg im Online-Gamingbereich

Exceptionnels gains et expériences uniques avec bigclash casino pour les parieurs avertis

Vielversprechende Chancen bei der Entwicklung durch bigclash casino und innovative Gewinnmethoden nutzen

Remarkable stories surrounding aviamasters reveal incredible aviation feats

सम्बन्धितखवर

छुटाउनु भयो कि !