सत्ता गठबन्धनमा कुनै समस्या छैन गृहमन्त्री लेखक

शेयेर गर्नुहोस


धनगढी/गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्त गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्धारा धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएका भएपनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए ।

बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारे पनि सहमतीमा नै यो विषय आगाडी बढ्ने दावी गरे । ‘कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रुपमा भएपनि लिनुपर्छ नै नभनेका कारण दुवै दलबीच छलफल चलिरहेको छ त्यहि अनुसार सरकार अगाडी बढ्ने उनले बताए ।

मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे । मन्त्री फेर्न अधिकार प्रधानमन्त्रीमा निहित भएपनि आजको समय सम्म त्यसबारे कुनै कुरा नउठेको उनले दावी गरे ।

सरकार र मनत्रालयले गरेका कामको परिणाम विस्तार देखिन थालेकाले अहिले नै कुनै पनि मनत्री फेरिर्न सम्भावना नरहेको उनको भनाई छ । मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए । दिननै पिच्छे सरकार फेरिने हल्ला बजारमा यता–कता सुनिएपनि त्यो हल्ला मात्रै हो लेखकले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बसन्ता संरक्षित क्षेत्रमा बाघको आवातजावत बढ्दै

धनगढी/कैलाली जिल्लाको वसन्ता सरक्षित वन क्षेत्रमा हरेक बर्ष जस्तै यो बर्ष पनि बघिनी बाघ बच्चा हुर्काउनका लागि बसन्ता बनमा आएको छ । बघिनीले आफ्नो बच्चालाई

अझै पढ्नुहोस्
समाचार

बन्यजन्तु अनुगमन तथा गणना र बासस्थान सुधार कार्यक्रम डिभिजन वनले सुरु गरे : सचिब भट्टराई

जमुना न्युरे,धनगढी /निकुञ्ज र सरंक्षण क्षेत्रले मात्र गरिने बन्यजन्तु अनुगमन तथा गणना र बासस्थान सुधार कार्यक्रम डिभिजन वन कार्यलयले पनि सुरु गरेको सुदूरपश्चिम प्रदेशको उद्योग

अझै पढ्नुहोस्
समाचार

उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न

सुखड / कैलालीको घोडाघोडी नगरपालिका–१२ मा ८ दिने उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका रहेको गरिबी निवारणका लागी लघु

अझै पढ्नुहोस्
समाचार

दर्शक भेट्न पुगे बिराज भट्ट र समीर एस टि एस सिनेमा हलमा

धनगढी/चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सिनेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन् । चलचित्र १२ गाउँको प्रमोसनका

अझै पढ्नुहोस्