सडक क्षेत्रका संरचना भत्काउन डाेजर डोकेबजार

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/ कैलालीको घोडाघोडी नगरपालिकामा  पनि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्ग अन्तरगत वडा नम्बर २ को  सुक्तिकाडाँ देखी सडक क्षेत्रका संरचना भत्काउन सुरु गरीएको हो ।

पटक पटक सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाउन थालिएको घोडाघोडी नगरपालिकाले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउने काम थालिनी सुरु गरीएको नगरप्रमुख खडक बहादुर रावतले बताए ।

सडक क्षत्रेमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उनले सबैमा आग्रह समेत गरेका छन् । नगरपालिका भित्र पर्ने पूर्व पश्चिम राजमार्गको २५-२५ मिटर भित्रका संरचनाहरू हटाइने उनले बताए । सडक विस्तार गर्न नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतको टोली फिल्डमा खटिएको छ । 
स्थानीयले अटेर गरेपछि बुधवार देखि डोजर प्रयोग गरेर घर टहरा, छाप्रा र सडक छेउ छेउमा भयको रुख पनि हटाएको प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यले जानकारी दिए ।

बुधबार देखि सन्चालन गरियको अभियान आज डोकेबजार सम्म पुगेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत  वडा नम्बर २ को  सुक्तिकाडाँ देखी वडा नम्बर १० को आमखौया सम्मको सडक सम्म बनेका अनेक संरचना भत्काइने उनले बताए । साँघुरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

स्थानीय सरकार

टीकापुर नगरपालिकाद्वारा वडा नं. ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न शुरु

टीकापुर/कैलालीको टीकापुर नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको छ । टीकापुर नगरपालिकाले वडा नम्बर ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको

अझै पढ्नुहोस्
समाचार

विभिन्न माग लिएर नगर प्रमुख थारु सहित नगरपालिकाकाे टीम काठमाडौंमा

टीकापुर/टीकापुर क्षेत्रका विभिन्न माग लिएर टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु सहित नगरपालिकाकाे टीम मन्त्रालयमा डेलिगेसनकालागि काठमाडौं पुगेकाे छ । टीकापुर विमानस्थल संचालन, टीकापुर

अझै पढ्नुहोस्
समाचार

प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि ३ दिने तालिम सुरु

जमुना न्युरे/धनगढीमा गिट्टी र बालुवाको दिगो उत्खनन, प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि ३ दिने तालिम इन्भारोमेन्ट एण्ड इन्जिनिरिङ्ग रिसर्च सेन्टरको आयोजनामा यु. एस .ए. आइ

अझै पढ्नुहोस्
समाचार

संस्कृति जोगिए मात्रै पहिचान जोगिने : काँग्रेस केन्द्रीय सदस्य डा. जीवन राना

जमुना न्युरे/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. जीवन रानाले संस्कृति जोगिए मात्रै पहिचान जोगिने बताएकी छन् । नेपाल राना थारु युवा समाजले बुधवार काठमाण्डौमा आयोजना गरेको

अझै पढ्नुहोस्