TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

शेयर बजारमा हरियाली, ५६.७३ अंकले बढ्यो नेप्से परिसूचक

शेयेर गर्नुहोस

काठमाडौँ । धितोपत्र बजारमा लामो समयपछि आज कारोबार मापक नेप्से परिसूचक हरियो भएको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५६.७३ अंकले बढेर दुई हजार ४१५.५५ अंकमा पुगेको हो ।

ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११.३४ अंकले बढेर ४६२.५२ मा पुगेको छ । कूल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ मूल्यमा खरिद बिक्री भए । नेप्से बढे पनि कारोबार रकममा भने कुनै वृद्धि देखिएको छैन । आजको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ९६ अर्ब ३२ करोड १३ लाख १० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका सबै १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३२.९१, व्यापार ६९.८२, होटल तथा पर्यटन ५४.०३, विकास बैंंक १३७.८८, जलविद्युत् ३७.९२, निर्जीवन बीमा २०४.३४, उत्पादन १७०.१, अन्य ७०.४९, लघुवित्त ९०.७१, जीवन बीमा २०६.५८, सामूहिक लगानी कोष ०.१२ र लगानी १.४२ अंकले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ५८ लाख ६९ हजार ४२० बराबरको कारोबार भयो । नबिल बैंक १४ करोड १८ लाख चार हजार २६, नेपाल दूरसञ्चार कम्पनी १० करोड ३९ लाख ३८ हजार २२४, मञ्जुश्री फाइनान्स सात करोड ५५ लाख ६५ हजार २७२ र एनएमबी बैंक छ करोड ४८ लाख २५ हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जानकी फाइनान्स ९.८१, रसुवागढी हाइड्रोपावर ९.२१, ग्रीनलाइफ हाइड्रोपावर ८.२६, र रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.९३ प्रतिशतले कमाए । उता, गुर्खाज फाइनान्स ८.८९, नबिल ब्यालेन्स फण्ड ३.५२, तेह्रथुम पावर कम्पनी ३.२६, एनएमबी डिवेञ्चर २.५० र नबिल डिवेञ्चर २०८५ का लगानीकर्ताले २ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकले सोमबार केही वस्तुको आयातमा सीमा लगाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !