व्यक्तिगत फोन रेकर्ड गरी गोपनीयता हनन गर्ने कानुन सच्चाउन प्रेस युनियनको माग

शेयेर गर्नुहोस

जमुना न्युरे,नेपालको संविधानले प्रदत्त गरेको गोपनीयताको हक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसायले सर्वसाधारणको टेलिफोन कुराकानी रेकर्ड गर्ने गरी सरकारले कानुन संशोधन गर्न लागेकोमा नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ ।

युनियनले आइतबार एक विज्ञप्ति प्रकाशित गरी कानुन बनाएर व्यक्तिको गोपनीयता अतिक्रमण गर्न प्रयास गर्ने कार्य निन्दनीय भएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ को परिच्छेद १२को दफा ७७मा सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच राख्न सक्ने व्यवस्था छ । प्रस्तावित विधेयकमा ‘सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच राखेर जुनसुकै व्यक्तिका कुराकानी रेकर्ड गर्ने र उपयुक्त प्रविधिको प्रयोग गरी संयन्त्र जडान गर्न सकिनेछ,’ उल्लेख छ ।

प्रेस युनियनका महासचिव दिलीप पौडेलले विज्ञप्ति प्रकाशित गरी नागरिकको अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको हकलाई कुण्ठित गर्ने मनसायले ल्याउन खोजिएको मस्यौदा विधेयकलाई तत्काल सच्चाउन माग गरेका हुन् ।

देशको सार्वभौमसत्ता, अखण्डता एवं राष्ट्रिय हितविपरीत तथा राज्यद्रोह, अपराधलगायत गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्नेमा युनियन सहमत रहेको जनाउँदै नागरिकले टेलिफोन, मोबाइल, सामाजिक सञ्जालमा गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने प्रावधान सहितको ऐन संशोधन गर्न खोज्नुले सरकार नागरिकको स्ततन्त्रता कुण्ठित गर्दै गोपनीयताको हकमा हस्तक्षेप गर्न खोजेको जनाएको छ । उपभोक्ताको स्वतन्त्रता, वैयक्तिक गोपनियताको हक लगायत मौलिक हकमा हस्तक्षेप गर्ने कार्य नगर्न युनियनले आग्रह गरेको छ ।

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

การผจญภัยสยองขวัญในคาสิโนออนไลน์ช่วงฮาโลวีน : เรื่องราวความสำเร็จของ “สล็อทสยอง”

ฮาโลวีนกำลังเข้ามาใกล้เคียงกับทุกมุมของโลกดิจิทัล และคาสิโนออนไลน์ก็ไม่พลาดที่จะเติมเต็มบรรยากาศ “ผีสิง” ให้ผู้เล่นได้สัมผัสในทุกขั้นตอนของการหมุนวงล้อ ช่วงเทศกาลนี้ผู้เล่นมักมองหาอะไรบ้าง? พวกเขาต้องการกราฟิกสยองขวัญที่ทำให้หัวใจเต้นแรง โบนัสพิเศษที่มาพร้อมกับเงื่อนไขที่ยืดหยุ่น รวมถึงประสบการณ์ใหม่ที่ทำให้การเล่นเกมไม่ใช่แค่การวางเดิมพันธรรมดา แต่เป็นการเดินทางสู่โลกเหนือจริงของความสนุกและความท้าทาย เพื่อให้ผู้อ่านได้เริ่มต้นการผจญภัยอย่างรวดเร็ว เราขอแนะนำแหล่งเกมคุณภาพที่ได้รับการคัดสรรโดยผู้เชี่ยวชาญ “สล็อตเว็บตรง 100” ซึ่งเป็นเว็บไซต์ที่ให้ข้อมูลเกี่ยวกับเกมหลายประเภท ทั้งสล็อต, บาคาร่า และเกมอื่น ๆ ที่ตอบโจทย์ผู้เล่นที่ต้องการความปลอดภัยและความหลากหลาย ในบทความต่อไป เราจะสำรวจเหตุผลที่ทำให้ฮาโลวีนเป็นโอกาสทองสำหรับคาสิโนออนไลน์ การออกแบบเกม “สล็อทสยอง” ที่ดึงใจผู้เล่น โปรโมชั่นพิเศษที่ทำให้ยอดเดิมพันพุ่งสูงขึ้น

अझै पढ्नुहोस्