वाताबरण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


मसुरिया/वातावरण संरक्षण बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड गौरीगंगा ८ कैलालीको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष फुल कुमारी मल्लको सभापतित्वमा भएको सभामा सुदुरपश्चिम प्रदेश सभा सदस्य जानकी पौडेल कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।


सभालाई सम्वोधन गर्दै प्रदेश सदस्य पौडेलले अहिले रोजगारको खोजीमा विदेशिने लहर चल्यो तर देश भित्रै खेती योग्य जमीन बाँझो छोडेर विदेशिने लहरले परनिर्भर आयात बड्दै गएको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ । सामुहिक तथा बजार सुनिश्चित कृषि अहिलेको आवश्यकता रहेको बताउदै पौडेलले सहकारी मार्फत उद्यमशीलता स्वरोजगार प्रवर्द्धन हुने बस्तुको उत्पादन र बजारीकरणको आवश्यकता रहेको बताउनुभएको थियो ।




सामुदायिक वन समन्वय समिति गौरीगंगाका अध्यक्ष ओमप्रकाश सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष फणिराज सापकोटा, वडा नं ८ का वडा सदस्य कल्पना विक, सहकारी संस्थाका पुर्व अध्यक्ष देशराज चौधरीले लगायतले मन्तव्य राख्नुभएको सभामा उपाध्यक्ष मेलाराम टेंर्राले स्वागत गरेका थिए ।


साधारणसभामा सहकारी संस्थाका सचिव घनश्याम पौडेलले आर्थिक वर्ष २०७९/०८० को ६ करोड ९७ लाख ३४ हजार रुपैयाँको वासलात र ८ करोड ८३ लाख २० हजार ६ सय रुपैयाँ बराबरको आयव्यय तथा चालु आ.व. २०८०/८१ को प्रस्तावित निति प्रस्तुतीको साथै कार्यक्रमको संचालन गरेका छन् ।
गौरीगंगा नगरपालिकाको ५,७,८,९,१०,११ तथा कैलारी गाउँपालिका २,६ र ८ नम्बर वडा कार्यक्षेत्र रहेको सहकारी संस्थामा २५२६ जना सेयर सदस्य आवद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रमुखको अपमान गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

धनगढी/सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी अनुपस्थित भएका छन्। दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी

अझै पढ्नुहोस्
समाचार

काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय

धनगढी/नेपाली काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय गरेको छ । प्रदेशसभा ससंदिय दलको कार्यालयमा बसेको बैठकले दुई मन्त्री र दुई

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी जेसीजले गर्‍यो सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम

घोडाघोडी नगरपालिका–१ सुखड चोकमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । अस्थाई ट्राफिक पोस्ट साँडेपानीको सहकार्य र घोडाघोडी जेसीज वर्ष २०२४ को

अझै पढ्नुहोस्