४ घण्टा वडा कार्यालयमा कामकाज गरिदिन मेयरलाई आग्रह

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष शेर बहादुर महराले ४ घण्टा मात्रै वडा कार्यालयमा आएर कामकाज हेरिदिन मेयर गोपाल हमाललाई आग्रह गरेका छन् ।

वडा कार्यालयमा दक्ष जनशक्ती अभावका कारण दैनिक कामकाजमा निकै समस्या भइरहेको भन्दै सत्ती कर्णाली अनलाइन संग कुरा गर्दै वडा अध्यक्ष महराले एक पटक वडा कार्यालयमा आएर बुझिदिन आग्रह गरेका हुन् ।

वडा सम्हालेको दिनदेखी म हैरान छु वडा अध्यक्ष महराले भने “शुरुदेखी केही महिना अघीसम्म सेवा निबृत्त हुन लाग्नुभएका कर्मचारीलाई सचिवका रुपमा खटाइयो, अन्य कर्मचारी सिकारु पठाउने र सिकिसकेपछि फेरी नगरपालिका तान्ने काम निरन्तर भयो यसले गर्दा मेरो वडाको दैनिक कामकाज निकै प्रभावित भइरह्यो, कहिलेकाहीँ राजश्व बुझाउन समेत यहाँका नागरिकले नगरपालिका धाउनुपरिरह्यो ।” आम वडाबासीले सुबिधा नपाउँदा मलाई गुनासो गर्नुहुन्छ मैले दक्ष कर्मचारी पठाइदिनुस भनेर प्रशासन साखा देखी मेयर सापसम्म भनिसके तर मेरो भनेको सुनुवाई कहिल्यै भएन उनले भने “समयमा सेवाग्राहीले सेवा नपाए गुनासो मैलेनै सुन्नुपर्छ, यहाँ वडा अध्यक्षले काम गरेन भनेर आलोचना हुन्छ, मैले एक्लै कसरी जनताको अपेक्षा अनुसार काम गर्नु, बिल काट्ने देखी पञ्जिकरण नसिकेका कर्मचारी यहाँ पठाइन्छ, सचिव शिक्षाको पठाएको छ, अमिन समयमा पाइदैन, कसरी काम हुन्छ मेयर साप, धनगढी बजार क्षेत्र मात्रै होइन १२ नम्बर पनि हो यता नजर लगाइदिनुस ।”

जनताका काम जति स्पिडले गर्ला भनेर आएको थिए यस्तै झमेलाले काम भने अनुसार गर्न सकिएको छैन उनले भने “म आफु कहाँ कसरी खटिनुपर्छ खटिएको छु, यहाँ १० देखी ४ बजेसम्म कर्मचारी सरह ड्युटी गर्नुपर्छ, सेवाग्राहीको चाप सधैँ उस्तै छ, अनी कार्यालय समयपछि जनताका काममा खटिनुपर्छ, कर्मचारी अभाव र दक्षता कम भएकै कारण मैले भने अनुसार काम गर्न पाएको छैन, उपमहानगरले यहाँको समस्या बझिदिए काम गर्न सहज हुने थियो ।”

ताजा खबर

Can My Health Care Physician Create an ESA Letter?

Explore Online Slot Machines With Free Bonus Play

The Ultimate Guide to Online Roulette Gambling

बाघको आक्रमणबाट एक जनाको मृत्यु

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टिकापुरमा चितुवाको आक्रमणबाट दिनहु बाख्रा मारिँदै

धनगढी/टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं १८ का कोकिलादमाईका २ र शेरबहादुर

अझै पढ्नुहोस्