वन्यजन्तु अपराध नियन्त्रणमा पत्रकारको भूमिका बढाउनुपर्नेमा जोड

शेयेर गर्नुहोस


धनगढी, ८ असोज । कैलालीको धनगढीमा वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणका विषयमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।


राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रमले बिहीबार धनगढीमा ‘Media Engagement and Awareness on Wildlife Crime Control in Sudurpashchim Province’ विषयमा पत्रकारसँग अन्तरक्रिया गरेको हो। अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश नेपाल पत्रकार महासंघका महासचिव शिवराज भट्टको अध्यक्षतामा भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले वन्यजन्तु संरक्षण तथा वन्यजन्तु अपराध नियन्त्रणका विषयमा सञ्चारमाध्यमले निरन्तर निगरानी र जनचेतना अभिवृद्धिमा भूमिका खेल्नुपर्ने बताए।पत्रकारहरुले आफ्ना संचार माध्यामहरुमा वन , वातावरण , जैविक बिबिधताका विषयहरुलाई प्राथमिकता दिए सरक्षणमा टेवा पुग्ने बताए ।


पत्रकारले सहि तथ्यांकको आधारमा समाचार प्रकाशित गरि दिय समाजमा मानव बन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने , मानव बन्यजन्तु को द्वन्द्व न्यूनीकरण गर्न मानवको व्यबहार परिवर्तन हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा प्रमुख एवं डिभिजनल वन अधिकृत भोजराज पाठकले सुदूरपश्चिम प्रदेशको वनको अवस्था, मानव–वन्यजन्तु द्वन्द्वको अवस्था तथा त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले गरेका प्रयासबारे प्रस्तुतीकरण दिएका थिए।


पाठकले वन्यजन्तु अपराध, वन्यजन्तुको अखेटोपहारसँग सम्बन्धित मुद्दा तथा संरक्षणका चुनौतीबारे समेत जानकारी गराएका थिए। मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता, जनचेतना र संरक्षण निकायबीचको समन्वय आवश्यक रहेको उनले बताए।


यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत लक्ष्मीराज जोशीले कोषले सुदूरपश्चिममा गर्दै आएका खोज तथा अनुसन्धान, अध्ययन र संरक्षणसम्बन्धी गतिविधिबारे जानकारी दिए। उनले वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा भएका प्रयास र अनुसन्धानबाट प्राप्त तथ्यबारे समेत प्रस्तुतीकरण गरेका थिए।


अन्तरक्रियाका क्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय वन्यजन्तुको अखेटोपहार बरामद तथा वन्यजन्तु अपराधका घटना सार्वजनिक हुने क्रम कम देखिनुको कारणबारे जिज्ञासा राखेका थिए।
त्यस्तै, सुदूरपश्चिममा बाघको संख्या बढ्दै जाँदा मानव–वन्यजन्तु द्वन्द्वको जोखिमसमेत बढ्न सक्ने भन्दै बाघको संख्या र व्यवस्थापनका लागि सरकारले अपनाएको रणनीतिबारे सहभागीले प्रश्न गरेका थिए।

पत्रकारहरूले वन्यजन्तु अपराध नियन्त्रणमा सूचना प्रवाह, अनुसन्धान, अपराधीमाथिको कानुनी कारबाही तथा संरक्षणसम्बन्धी गतिविधिलाई समाचार अन्तरक्रियाले वन्यजन्तु अपराध नियन्त्रण, जैविक विविधता संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा सञ्चारकर्मी र संरक्षण निकायबीच सूचना आदानप्रदान तथा सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा खबर

WinSpirit Account Verification Failed: What to Do

BetPlay Casino Mobile Play: Sessioni Veloci e Azione Crypto Immediata

Book of Ra Magic Slot: Schnelle Spins, Große Risiken und die Jagd nach Expanding Symbols

Recenzja Nomini Casino: Szybkie sesje, duże wygrane i sztuka krótkiego spinowania

Discovering the World of No Account Casinos: The Ultimate Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हमास समूहको नियन्त्रमा रहेका विपिनको रिहाइका प्रयास परराष्ट्रमन्त्री: राणा

धनगढी/परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले  हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको धनगढीमा भएको एक कार्यक्रममा बताए। नेपाली कांग्रेस

अझै पढ्नुहोस्