हमास समूहको नियन्त्रमा रहेका विपिनको रिहाइका प्रयास परराष्ट्रमन्त्री: राणा

शेयेर गर्नुहोस

धनगढी/परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले  हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको धनगढीमा भएको एक कार्यक्रममा बताए।

नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले , “हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सकेसम्मको मिहिनेत भइराखेको छ।सबै क्षेत्रबाट सरकारले पहल गरेको छ।हाम्रो चाहना विपिन सकुशल फर्केर आउन् भन्ने हो ।” 

नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै उनले सबै नेता कार्यकर्तालाई सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो। राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताउँदै आ–आफ्नो क्षेत्रबाट कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिन आग्रह गरिन ।

एक अर्को प्रसंगमा उनले सामाजिक सञ्जालमा देशको बारे नकारात्मक टिप्पणी देखिए पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे सकारात्मक सन्देश दिने काम भइरहेको दाबी गर्दै “विदेशमा जाँदा नेपाल र नेपालीलाई मिहिनेती, इमान्दार भनेर चिन्ने गर्छन्।हामी सधै नकारात्मकमा भन्दा सकारात्मक तिर लाग्नुपर्छ”, बताइन । 

 मन्त्री डा. राणाले सुदूरपश्चिममा धेरै विकास निर्माणका काम भएको दाबीसमेत गरेकि छन । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पदाधिकारी, पालिका सभापति, पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Loonybingo Classic Slot Experience

Absolument captivantes, les stratégies gagnantes chez alexander casino fr pour une expérience immersive

Adventure awaits players seeking fortune and fun at fatpirate casino today

Élégance intemporelle du divertissement en ligne avec alexander casino fr pour une expérience unique

Adorable chickenroad challenges demand quick reflexes and escalating difficulty for players

सम्बन्धितखवर

छुटाउनु भयो कि !